महिलाले आफू विदेशबाट फर्केको कुरा लुकाएकी थिइन्, कोरोना संक्रमित भेटिएपछि मुद्दा

डिसी नेपाल
१६ चैत २०७६ ८:५७

काठमाडौं। विदेशबाट फर्किएकी महिलाले कोरोनाभाइरसको आतंकका बीच आफू विदेशबाट फर्किएको कुरा लुकाइन् । त्यसपछि उनी सेल्फ क्वारेन्टाइनमा पनि नबसी मजाले घुमिन् । पछि उनीमा कोरोना संक्रमण भेटिएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको छ । उत्तर प्रदेशको पीलीभीतक िती महिला साउदी अरबबाट फर्केकी थिइन् ।

विमानस्थलमा जाँचका क्रममा अधिकारीहरुले उनको हातमा जाँचको छाप लगाएका थिए तर महिलाले घर पुग्दासम्म त्यो छाप मेटाइन् । उनले छिमेकका कसैलाई पनि आफू घर फर्केको जानकारी दिइनन् । ४५ वर्षकी यी महिला २० मार्चमा ३७ जना यात्रुहरुसँर्ग ाउदी अरबबाट मुम्बइ एयरपोर्ट आएकी थिइन् । त्यहाँबाट ट्रेनमा बरेली हुँदै पीलीभीत पुगेकी थिइन् । गाउँका प्रधानले यको जानकारी पाएपछि उनले यसबारे प्रशासनलाई बताएका थिए । त्यसपछि ाहिलाको जाँच गर्दा उनी कोरोना पोजेटिभ भेटिइन् ।

महिलासँगै उनका छोरा पनि संक्रमित भेटिए । दुवै कोरोना संक्रमित भेटिएपछि पीलीभीतका जिल्ला मजिस्ट्रेड डीएम वैधवले महिलाविरुद्ध एफआइआर दर्ता गर्न पुलिसलाई आदेश दिएका छन् । महिलाले आफ्नो वास्तविकता लुकाएर जति जनासँग भेटिन् उनहिरुमा पनि संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *