कोरोनाभाइरसका कारण २४ घण्टाभित्र पालैपालो पिता सुधिर शर्मा र छोरी पूजाको मृत्यु

डिसी नेपाल
१६ चैत २०७६ ९:३५

काठमाडौं। बेलायतमा कोरोनाभाइरसका कारण २४ घण्टाभित्र पालैपालो पिता र छोरीले ज्यान गुमाएका छन् । द सनको रिपोर्ट अनुसार बेलायतको हिथ्रो एयरपोर्टमा कार्यरत अध्यागमन अधिकारी सुधीर शर्माको पहिले मृत्यु भएको थियो । उनी ६१ वर्षका थिए । उनको मृत्युको २४ घण्टा नपुग्दै उनकी छोरी ३३ वर्षकी पूजा शर्माले पनि ज्यान गुमाइन् । पूजा फार्मासिस्ट थिइन् ।

गएको बुधबार सुधीर शर्माको मृत्यु भएको थियो । छोरी पूजाको मृत्यु भोलिपल्ट बिहीबार बिहान भयो । अधिकारीहरुले सुधीरलाई कोरानाभाइरसको संक्रमण आफ्नो ड्युटीको क्रममा नभएको विश्वस गरेका छन् किनकि उनले पछिल्लो पटक ७ जनवरीका दिन काम गरेका थिए । त्यपछि उनी विदामा थिए । विदाकै क्रममा उनलाई अन्यत्र कतैबाट संक्रमण भएको अधिकारीहरुले विश्वास गरेका छन् ।

उनका सहकर्मीका अनुसार सुधीर शर्मानिकै सहयोगी थिए । सबै अध्यागमन अधिकारीहरुले उनकै बारेमा कुरा गरिरहेको उनले बताए । उनकी पत्नी आइसोलेसनमा भएका कारण अन्तिम संस्कारमा सहभागी हुन पाउने छैनन् र यो कुराले उनका सहकर्मीहरु चिन्तित छन् । उनीहरुले पत्नी अन्तिम संस्कारमा सहभागी हुन नपाउनुलाई निकै दुखद भनेका छन् ।

सुधीर पश्चिम लण्डनको हाउन्सलोमा बस्थे । उनलाई पहिलेदेखि ने केही स्वास्थ्य समस्या भएको अनुमान गरिएको छ । यही कारण उनले कामबाट विदा लिएको विश्वास गरिएको छ । हाउन्लो क्षेत्रमा नेपाली र भारतीय मूलका आप्रवासीहरुको बासोवास छ । तर, समाचारमा उनीहरु नेपाली वा भारतीय कुन मूलका हुन् खुलाइएको छैन ।

नेपाल र भारतका अनलाइनहरुले धेरै उनीहरुको मूल थलोबारे कुनै दावी गरेका छैनन् । यद्यपि केही भारतीय अनलाइनले उनलाई भारतीय मूलका दावी गरेका छन् भने केही नेपाली अनलाइनले उनीहरुलाई नेपाली मूलका दावी गरेका पनि छन् । यस्तो नाम नेपाली र भारतीय दुवैको हुने भएकोले यस विषयमा प्रस्ट हुन सकिएको छैन । उनीहरुको मूल थलोबारे कुनै जानकारी प्राप्त भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *