जर्मनीको सेनाले छिमेकी देशका कोरोना संक्रमितलाई आफ्नो देशमा ल्याएर उपचार गर्न थाल्यो

डिसी नेपाल
१६ चैत २०७६ १५:००

काठमाडौं। जर्मलीले छिमेकी देशमा रहेका कोरोनाभाइर संक्रमितहरुलाई आफ्नो देशमा ल्याएर उपचार गर्न सुरु गरेको छ । जर्मनीको सेनाले छिमेकी देशबाट यस्ता बिरामीहरुलाई आफ्नो देशमा ल्याउन सुरु गरेको हो । उसले कोरोनाभाइरसले अत्यन्तै प्रभावित भएका छिमेकी देशका बिरामीहरुलाई हर्वा मार्गबाट आफ्नो देशका अस्पतालमा ल्याउने गरेको छ ।

जर्मनीको सेनाले फ्रान्स र इटलीबाट कोभिड–१९ पोजेटिभ बिरामहिरुलाई हवाइ मार्गबाट आफ्नो देशका अस्पतालमा ल्याउने गरेको छ । इटली र फ्रान्सको स्वास्थ्य सेवाले महामारीबाट बाहिर निस्कन संघर्ष गरिरहेका बेला सहयोगस्वरुप यस्तो गर्न लागिएको हो । मेट्रोका अनुसार पछिल्लो समय सार्वजनिक भएका तस्वीहरुमा सेनाका जहाजहरु समेत उल्लेख्य रुपमा मेडिकल उपकरणले सुसज्जित देखिएका छन् ।

जर्मनीका कैयौं राज्य सरकारले इटलीका विभिन्न ठाउँबाट बिरामी ल्याउन प्रस्ताव गरेका छन् । केहीले यसअघि नै बिरामी ल्याइसकेका छन् । जर्मनीमा पनि कोरोनाभाइरस संक्रमितको संख्या उच्च छ यद्यपि यहाँ मृत्यु दर भने तुलनात्मक रुपमा निकै कम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *