‘अजिब’ कोरोना : १०३ वर्षका बाँचेका छन्, किशोर मरेका छन्

डिसी नेपाल
१७ चैत २०७६ ०:४९

‘अजीब’ कोरोना – १०३ बर्षका पनि बाँचेका छन् तर १६ /१७ बर्षका मरेका छन् । पहिलो टेस्ट नेगेटिभ आएपनि संक्रमण हुन सक्ने रैछ ।

कोरोना भाईरस “अजिब” रैछ, विश्वका वैज्ञानिक उपाय पत्ता लगाउन लागिपरेका छन्, अहिलेसम्म न कुनै भ्याक्सिन बन्या छ न कुनै एकिन औषधि चलाएर बिरामीको उपचार गरिएको छ ।

दर्जन भन्दा बढी औषधि चलाएर उपचार गरिने रैछ । विश्वभरी केवल परिक्षण मात्रै चलिरहेको छ। बिरामीको परिस्थिति हेरेर औषधी पनि फरक फरक पर्ने रहेछ । बिरामीमा भएको दोश्रो रोगलाई निको पार्ने गरी औषधि चलाएर कोरोनालाई जित्न ईम्युनीटि पावर बढाईने गरी उपचार गरिने रैछ ।

के गरेमा ठ्याक्कै निको हुन्छ भन्ने अहिलेसम्म केही अत्तोपत्तो छैन ।१०० बर्ष माथिका पनि बाँचेका छन् तर १६/१७ बर्षका पनि मरेका छन् । कोरोना संक्रमित १०३ बर्षकी बृद्धा (msn. com ११ मार्च), १०० बर्षका बृद्धा पनि निको भएछन् ( CNN मार्च ८ ), फ्रान्समा १६ बर्षकी विद्यार्थी ( ZDF २७ मार्च ), अमेरिकामा १७ बर्ष ( NY Times २४ मार्च ) र युकेमा १८ बर्षीय ( Sky News २३ मार्च ) एकजनाको कोरोनाको कारण मृत्यू भएछ ।

अनी PCR ( अहिले चलनचल्तिमा परिक्षण ) पद्धतिबाट Swab Sample लिएर गरिने टेस्टको नजिजा नेगेटिभ भएपनि CT-scan मा पोजेटिभ देखिन सक्ने रैछ । संक्रमण फोक्सोमा पुगिसकेको छ भने PCR पद्धतिमा नदेखिने तर CT मा देखिने रैछ ।

पहिलो टेस्टको नतिजा नेगेटिभ आउँदैमा १०० प्रतिशत ढुक्क हुन सकिन्न रैछ, फेरी लगत्तै दोश्रो टेस्ट पनि आवश्यक रैनछ, नेगेटिभ नतिजा आएपनि कोरोनासँग मिल्ने लक्षणले गाल्दै लगेर स्वास्थ्य समस्या बढ्दै गयो, श्वासप्रश्वासमा गाह्रो भयो भने CT गर्ने रैछ, त्यतीबेला पोजिटीभ देखिन सक्ने रैछ । तर PCR पोजिटीभ देखिएका थोरैमा मात्र CT मा नेगेटिभ देखिने रैछ ।

यो डाटा हेर्दा, १ हजार १४ जनामा लक्षण देखिएपछि कोरोनाको शंकामा परिक्षण भयो । ६०१ मा PCR पोजिटीभ र ४१३ जनामा PCR नेगेटिभ देखिएछ । अब दोश्रो टेस्ट CT-scan गर्दा पोजिटीभ देखिएका ती ६०१ मध्ये २१ मा नेगेटिभ देखिएछ ।

तर PCR नेगेटिभ देखिएका ४१३ मध्ये ३०८ मा CT-scan गर्दा पोजेटिभ देखिएछ । त्यसमध्ये ५८ मा कोरोना हो होईन अनिश्चित, १०३ मा सम्भावना र १४७ जनामा हो भन्न सकिने खालको नतिजा आएछ ।

अन्यौल छ अझै, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् । सुरक्षित रहनुस। कोरोनालाई ख्यालख्याल नलिनोस् तर नआत्तिनुहोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *