नेतालाई गाली पछि गरौंला, आउ मिलेर कोरोना भगाऔं

डिसी नेपाल
१७ चैत २०७६ ७:५०

मृत्यु असहज र अपाच्य हुन्छ शत्रुको पनि मृत्यु सुन्नु नपरोस् । संसारका कुनै पनि प्राणीहरुले मृत्युलाई सहजै स्वीकार्दैनन् र स्वीकारेका पनि छैनन् ।

तर, हाल नचाँहादा नचाँहदै पनि बिश्वपरिवेशमा चीनको बुहानबाट भाईरल हुँदै प्राणघातक भाईरसका रुपमा एक देश हुँदै बिभिन्न देशमा फैलिरहेको यो कोरोना (कोभिड १९) भाइरसको कारणले बिश्व आतंकित पारिरहेको छ । विश्वका गरिब राष्ट्रहरु मात्र नभएर शक्ति सम्पन्न र धनी राष्ट्रहरुमा पनि यो भाइरस संक्रमणले आक्रान्त पारिरहेको छ ।

संसारलाई नै त्रासदी बनाइरहेको यो कोरोना(कोभिड् १९) हाल आफ्नो स्वास्थ्यमा अत्यन्त्य चेतनास्तर उच्च रहेका मानिने देश जापानमा पनि फैलिरहेको छ ।

राज्यले उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि यो भाइरस यसरी फैलिरहेको पाइन्छ । तर राज्यले सतर्कता अपनाउने र जनताहरु पनि सचेत हुने हो र सतर्कताको नीति अवलम्वन गर्ने हो भने साँच्चै सोचेभन्दा थोरै मात्रामा क्षति हुने रहेछ भन्ने कुरा जापानलाई स्पष्ट रुपमा लिन सकिन्छ ।

चीनसँग बोर्डर जोडिएकै कारण छिट्टै नै जापानमा प्रबेÞश गरेको यो भाइरसले अन्य देशको तुलनामा जापानमा न्यूनतम् क्षति गरेको मानिन्छ ।

रोम जलिरहँदा निरो बाँसुरी बजाइरहेको यो उक्तिलाई हाल बिश्वपरिवेशमा हेर्दा ईटालीमा भएको ठूलो क्षतिलाई लिन सकिन्छ । जहाँ बृद्धबृद्धाको तुलनात्मकरुपमा संख्या बढिरहेको अनुमान रहेको छ ।

रोम जलिरहँदा निरो बाँसुरी बजाइरहेको यो उक्तिलाई हाल बिश्वपरिवेशमा हेर्दा ईटालीमा भएको ठूलो क्षतिलाई लिन सकिन्छ । जहाँ बृद्धबृद्धाको तुलनात्मकरुपमा संख्या बढिरहेको अनुमान रहेको छ । रोग प्रतिरोधात्मक क्षमतामा कमी हुँदा छिट्टै नै यो रोगले शिथिल पार्ने बिभिन्न अध्ययनहरुले देखाइरहेका छन् ।

लेखक: मोहन खतिवडा

समग्र संख्यात्मक रुपमा हेर्ने हो भने जापानमा पनि युवाको अनुपातमा बृद्धहरु बढी संक्रमित छन् । तर, समाज र आफ्नो शारीरिक तन्दुरुस्ती र स्वास्थ्यप्रति अति नै संवेदनशील हुने यहाँका मानिसहरु सँधै रोगप्रति सचेत रहन्छन् नै ।

राज्यले लागु गरेको नीति नियम अक्षरस पालना गर्ने यहाँका नागरिकको चेतनास्तर भएको हुँदा यो भाइरसले सोचेको जति क्षति गर्न सकेको छैन ।

स्वास्थ्य जनचेतनालाई हेर्ने हो भने यस्तो संक्रमणकालमा मात्र नभएर पंङ्तिकार विगत लामो समयदेखि जापानमा रहँदै गर्दा देखे जानेअनुसार, सार्वजनिक स्थानमा हिंडडुल यात्रामा निस्कदाँ या भीडभाडमा आफ्नो कारणले अरुहरुलाई असहज स्थिति नहोस भनी सदाबहार माक्स प्रयोग गर्ने गर्दछन् यिनीहरु ।

धर्मशास्त्रीय मान्यताले हेर्ने हो भने जबजब पृथ्वीमा मानवहरु धर्म संस्कार,मानवता या सत्कर्म त्यागेर ब्यक्तिगत स्वार्थको निम्ति अपराधहरु, कुसंस्कारहरुमा संलग्न देखिन्छन्, पृथ्वी सहन नसकी प्राकृतिक बिपत्ति निम्त्याईदिन्छ्न् अरे । त्यहा न त कुनै औषधीले काम गर्छ न त मानव संबेदनाले नै ।

शास्त्रहरुलाई दर्शनका रुपमा लिने हो भने आजभन्दा सदियौंअघि लेखिएका शास्त्रहरुका लेखनलाई दुरदृष्ट्रि पनि मान्न सकिन्छ । यो वा त्यो नाममा प्रकृति र मानब जातिहरु बिनाश भइरहेका छन् ।

आज बिज्ञानले संसारमा यति धेरै चमत्कार गरिसक्दा पनि मानौ कि पृथ्वीमा बसेर चन्द्रमाको यान टाल्ने यो युगमा हामी रहँदै गर्दा पनि यी र यस्ता कतिपय भाइरसका संक्रमणहरुबाट आक्रान्त हुनु परेको छ ।

यसको समाधान कसरी हुन्छ र संसारले कति मूल्य चुकाउनुपर्छ भन्ने कुरा महामारीबाट बांच्न सफल भएमात्र देख्न सकिन्छ । त्यसैले संयमतापूर्वक राज्यका आदेशहरु पालन गर्नु र यसबाट बच्न भनिएका आचरणहरु पछ्याउनुको विकल्प अहिलेलाई छैन । जापानीहरु यसै गरिरहेका छन् ।

आज बिज्ञानले संसारमा यति धेरै चमत्कार गरिसक्दा पनि मानौ कि पृथ्वीमा बसेर चन्द्रमाको यान टाल्ने यो युगमा हामी रहँदै गर्दा पनि यी र यस्ता कतिपय भाइरसका संक्रमणहरुबाट आक्रान्त हुनु परेको छ ।

यस्तो महामारीमा सरकार र नागरिकहरुले एक अर्कालाई दोष थोपरेर आफू पन्छिनु बहुत् अन्याय हुन जान्छ । राज्यले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी देश र जनताका खातिर जुनसुकै कदम चाल्न पनि पछि हट्नु हुन्न ।

नेतृत्व सफल भए जनता खुशी रहन्छन् नै । नेतृत्वको सक्षमता त्यसबेला चिनिने छ जतिवेला नागरिकलाई संकटको घडीमा सुरक्षार्थ जुनसुकै कदम चाल्न पनि तयार रहन्छ । अन्यथा निरोको बाँसुकरी कथासँग मेल खानेछ ।

यो संकटको घडीमा हामी जहाँ छौ जे छौं त्यहीबाट राज्यलाई सहयोग गरौं अनि आत्म सुरक्षाको लागि आँफू पनि सचेत बनौं । यो बेला राज्य र नेतृत्वलाई गाली गर्ने समय होइन ।

सकारात्मक सन्देशहरु फैलाऔं भ्रमात्मक समाचार फैंलाउँनेलाई समाजमा बहिष्कार गरौ । यतिबेला कुन पार्टी कुन पक्ष कुन नेता नसोचौं हामी सबै नेपाली हौ ।हामी निरोगी र सफल रहे नेतृत्वलाई गाली र खबरदारी पछि गर्दै गरौंला ।

आजलाई राज्यको होस्टेमा हैसे गरौं । संसारका कुनै पनि देश नेतृत्वको सक्षमताले मात्रै होइन जनताको चेतनास्तरले पनि अनेकौ अप्ठ्साराहरु सहजै जुझेर सफल भएका उदाहरण ताजै छन् ।

लेखक खतिवडा जापानमा बस्छन्




प्रतिक्रिया

One thought on “नेतालाई गाली पछि गरौंला, आउ मिलेर कोरोना भगाऔं

  1. America को नेपाली राजदुतले पनि हुने सम्म गरेको छ । तर , America जस्तो ठाउँमा बसेको नेपालीहरुले कुरो पनि बुझन पर्छ :- त्यस्तो बेलामा राजदूतले मात्रै गरेर हुदैन। (1) सबै राजदूतले नै गरेर हुने हो। तर :- यो खतरनाक भाइरस , राजदूतले मात्रै गरेर हुदैन। (2 ) त्यो राजदूत र हामी एउटै जाती को होईना :- तर नेपालीहरुको लागि बोलेको हो मैले। केहि न केहि कुरो हरु भनिसकेपछि , नेपालीहरु सजग त होला भनेर नै भनेको हो मैले पनि। (३) बिशेष गरेर , नेपालको प्रतिनिधित्व गरेर , बिदेशमा गको राजदूतहरु कुनै पनि गतिलो नहुने र सधै मैले , बिरुद्ध मै बोलने गरेको थिए । तर अहिले यो राजदूत गर्छ , गर्ने खालको छ। तर , हे नेपालीहरु हो , तिमीहरु , खाना सकने र कुरो पनि बुझन परेयो :- यस्तो भाइरस भन्ने कुरोमा राजदूतले मात्रै गरेर पनि हुदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *