कोरोनाभाइरस नियन्त्रणमा आश्चर्यजनक सफलताका लागि दक्षिण कोरियामा जे भइरहेछ…
काठमाडौं। दक्षिण कोरियाको राजधानी सोलको एक अस्पतालको पछाडि कार पार्किङबाट आफ्नो कार बाहिर निकाल्ने बेला ४५ वर्षकी रशेल किमले सिा तल झाछिृन् अनि आफ्नो जिब्रो बाहिर निकाल्छिन् । उनी गत हप्ता डेगु गएकी थिइन् । डेगु दक्षिण कोरियाको त्यो क्षेत्र हो जो कोरोनाभाइरसको चपेटामा थियो । त्यहाँबाट फर्केपछि रशेललाई खोकी लागिरहेको छ र ज्वरो पनि आएको छ । अहिले विश्वभर कोरोनाभाइरस फैलिइरहेको छ र उनलाई पनि यो आशंकाले घेरेको छ कि कहीँ उनी पनि संक्रमित त भइनन् ?
उनले फैसला गरिसकेकी छिन् कि उनी आफ्नो टेस्ट गराउनेछिन् ताकि उनको डर स्पस्ट होस् । दक्षिण कोरियामा दर्जनौं यता केन्द्र बनाइएका छन् जहाँ तपाई गाडीमा बसी बसी टेस्ट गराउन सक्नुहुन्छ । यी केन्द्रमा शीरदेखि पाउसम्म सेतो कपडा लगाएका दुई स्वास्थ्यकर्मी उभिएका हुन्छन् । उनीहरुको हातमा उच्च गुणस्तरका पञ्जा हुन्छन्, आँखामा चस्मा र खुखमा सर्जिकल मास्क । सेन्टरमा उभिएका यी दुईमध्ये एक व्यक्तिले रशेललाई स्वाब स्टिक (जाँचमा प्रयोग हुने उपकरण) दिन्छन् । रशेल त्यसलाई आफ्नो मुखमा भित्रतर्फ लैजान्छिन् । त्यसपछि एउटा टेस्टट्युबमा सुरक्षित राख्दै त्यसलाई जाँचका लागि उभिएका अर्का व्यक्तिलाई दिन्छिन् ।
त्यसपछि एक मुश्किल जाँच । अर्को स्वाब उनी नाकभित्र लैजान्छिन् । यो थोरै पीडादायी छ किनकि उनको आँखामा आँसु आउँछन् । तर यो सबै प्रक्रिया एक देखि डेढ मिनेटमा पूरा हुन्छ । त्यसपछि उनी आफ्नो कारको सिसा माथि चढाउँछिन् र कार चलाउँदै पार्किङ एरियाबाट बाहिर निस्किन्छिन् । यदि उनको जाँचको नतिजा पोजेटिक निस्कियो भने उनलाई फोन गरेर यसको बारेमा सूचित गरिनेछ । यदि नतिजा नेगेटिभ निस्कियो भने त केवल एक म्यासेज ।
दक्षिण कोरियामा हरेक दिन करिब २० हजार जनाको जाँच भइरहेको छ । परीक्षणको यो आँकडा विश्वको कुनै पनि अर्को देशको भन्दा कैयौं धेरै हो । रशेल पार्किङबाट निस्किएको केही बेरमै उनको नमूना नजिकैको प्रयोगशालामा पठाइयो । दक्षिण कोरियामा कोरोनाभाइरस परीक्षणका लागि बनाइएका यी ल्याब सातै दिन चौबीसै घण्टा काम गर्छन् । कोरोनाभाइरसको बढ्दो संक्रमणलाई हेर्दै यस किसिमका कैयौं ल्याब तयार गरिएका छन् जो फ्रन्टलाईनमा यो महामारीलाई हराउन काम गरिरहेका छन् । दक्षिण कोरियाले कोरोनाभाइरको टेस्टको लागि ९६ पब्लिक र प्राइभेट ल्याब तयार गरेको छ ।
स्वास्थ्य अधिकारीहरु यसरी मानिसहरुको जीवन बचाउन सकिने मान्छन् । दक्षिण कोरियामा कोरोनाभाइरसबाट मृत्युको दर ०.७ प्रतिशत छ। यदि विश्वस्तरमा विश्व स्वास्थ्य संगठनले जारी गरेको दरको कुरा गर्ने हो भने यो ३.४ प्रतिशत छ । तर वैज्ञानिकहरु भने स्थिति योभन्दा खराब भएको मान्छन् किनकि हरेक केस दर्ता भएको छ भन्ने जरुरी छैन ।
म ग्रिन क्रस ल्याबतिर लागें जो सोलको बाहिरी इलाकामा स्थापना गरिएको छ । जब म त्यहाँ पुगें नमूनाको नयाँ स्टक भर्खरै आएको थियो । डा. ओह येजिंगले हामीलाई पूरै प्रयोगशाला देखाइन् तर एक ठाउँमा गएर उनी रोकिइन् । उनले हामीलाई त्यहाँ जान मनाही भएको बताइन् । उनले भलाई भनिन् ‘यो नेगेटिभ प्रेसर रुममा टेस्ट गरिन्छ ।’ त्यो कोठाभित्र २ डाक्६र थिए । उनीहरुले हल्का पहेंलो रंगको सुरक्षा कवच लगाएका थिए । उनहिरु त्यो कोठामा कहिले एउटा कुनामा जान्थे कहिले अर्को कुनामा । उनहिरु एउटा टेबलमा राखिएका टेस्ट ट्बुमहरु उठाएर अर्को टेबलमा राखिरहेका थिए ।
हामीले आफ्नो आसपास दर्जनौं मेसिनको आवाज सुनिरहेका थियौं । उनीहरु लगातार काम गरिरहेका थिए र नतिजा दिइरहेका थिए । यिनीहरु पिएरआर (पोलिमरेज चेन रिएक्सन) टेस्ट गरिरहेका थिए । यदि एकदम साधारण शब्दमा भन्ने हो भने यी मेसिनहरु यो कुराको जाँच गरिरहेका थिए कि कुन चाहीँ नमूना पोजेटिभ छ । टेस्ट ट्युबमा नमूना संकलन गर्नेदेखि टेस्टको परिणाम आउँदासम्म पाँच देखि ६ घण्टाको समय लाग्छ ।
प्रोफेसर गे चियोल कोन ल्याबोरेटरी मेडिसिन फाउण्डेशनका अध्यक्ष हुन् । उनका अनुसार यति छिटो यो सब गर्न सक्नु दक्षिण कोरियाली जीनको हिा हो । यसलाई उनी कोरियाली ‘बाली–बाली’ जीन भन्छन् । बाली एक कोरियाली शब्द हो जसको अर्थ हुन्छ – छिटो । उनी यस्तो यसकारण भन्छन् किनकि दक्षिण कोरिया टेस्टको तरिका खोज्न सफल रह्यो र उनीहरुले देशभर प्रयोगशालाको यस्तो नेटवर्क तयार गरे जो केवल १७ दिनभित्र नै सक्रिय रुपमा काम गर्न थाल्यो । तर यी सब द्रूत प्रक्रियाहरुको पछाडि एउटा तीतो अनुभव छ ।
चियोल कोन भन्छन् ‘हामीले कुनै पनि नयाँ संक्रमणसँग लड्न सिकेका छौं । यो २०१५ मा फैलिएको मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मर्स)को भागाइको नतिजा हो ।’ जुन समय मर्सको प्रकोप फैलिएको थियो, दक्षिण कोरियामा ३६ जनाको ज्यान गएको थियो । ३६ जनाको मृत्युले यो देशलाई संक्रमणसँग लड्न द्रूत र उपयोगी कदम उठाउनको लागि प्रेरित गर्यो । यसका साथै दक्षिण कोरिया आफ्नो दृष्टिकोणमा पनि परिवर्तन गर्नको लागि बाध्य भयो । दक्षिण कोरिया सेन्टर फर डिजिज कन्ट्रोलले त एक यस्तो विभागकै स्थापना गर्यो जो यस किसिमको खराबभन्दा खराब परिस्थितिसँग लड्न सधैं तयार रहोस् । र, अहिले जब कोरोनाभाइरसको संक्रमणले पूरै विश्वलाई सताएको छ, दक्षिण कोरियाको यही तयारीले उसलाई लाभ दिइरहेको छ ।
प्राध्यापक काोन भन्छन् ‘मलाई लाग्छ सुरुवाती संक्रमितहरुको पहिचान गरेर, उनहिरुको सही जाँच त्यसपछि उनीहरुलाई आइसोलेसनमा राखेर मृत्यु दरलाई रोक्न सकिन्छ र भाइरसको प्रसारलाई पनि नियन्त्रित गर्न सकिन्छ ।’ उनका अनुसार हरेक पुरानो अनुभवबाट सिक्नु जरुरी हुन्छ र पहिलेदेखि प्रणालीलाई तयार राख्नु आवश्यक हुन्छ । यस किसिमका कुनै पनि प्रकोपसँग लड्नको लागि यही सबैभन्दा प्रभावकारी उपाय हुन्छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment