कोरोनाबाट ओमनमा पहिलो व्यक्तिको मृत्यु

डिसी नेपाल
१९ चैत २०७६ ९:५२

मस्कट । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ओमनमा पहिलो व्यक्तिको ज्यान गएको छ ।

ओमनको स्वास्थ्य मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै पहिलो पटक ७२ वर्षीय एक ओमनी नागरिकको कोरोनाको संक्रमणबाट मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ओमनमा १ सय ९२ जनामा कोरोनाको संक्रमण देखिएको छ । तीमध्ये ३४ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ३ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।

कोरोना संक्रमणको प्रकोप थप फैलिन नदिन ओमनले उच्च सतर्कता अपनाएको छ । ओमनमा करिव २० हजारको हारहारीमा नेपाली कार्यररत छन् । हालसम्म कुनै पनि नेपालीमा यो भाइरसको संक्रमण देखिएको छैन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *