कोरोना प्रभावितका लागि एनआरएनए अस्ट्रेलियाको २० हजार डलरको राहत कोष स्थापना, २० हजार थपिँदै

डिसी नेपाल
२२ चैत २०७६ १६:५४

काठमाडौँ । अष्ट्रेलियामा कोरोना प्रभावित नेपालीको सहयोगको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २० हजार डलरको राहत कोष स्थापना गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष कुमार पन्तका अनुसार समस्यमा परेकाहरुका लागि तत्कालै सहयोग गर्न २० हजार डलरको राहत कोष स्थापना गरिएको हो । उक्त कोषमा थप २० हजार थपिने पनि उनले बताए ।

कोरोना विरुद्ध लड्न दूतावास संरक्षक रहने गरि एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलको संयोजक्त्वमा एक राहत समिति पनि निर्माण गरिएको छ । जसमा १५ वटा स्थानीय संघसंस्था उपसंयोजक तथा अन्य १५० संघसंस्थाका सदस्य रहेका छन् ।

अहिलेसम्म ८ सय जनाले सहयोगका निम्ति आवेदन दिएको पन्तले जानकारी दिएका छन्। तीमध्ये २ सय जनालाई प्रतिव्यक्ति ४० डलरका दरले एक हप्तालाई पुग्ने खाना आपूर्ति गरिएको छ । अन्यलाई पनि समेटिँदै जाने पन्तको भनाइ छ ।

त्यस्तै एनआरएनए अष्ट्रेलियाले नेपालमा पीपीई लगायत अत्यावश्यक सामग्री पठाउन ५ लाख अन्तर्राष्ट्रिय समन्वय परिषदको राहत कोषमा पनि सहयोग गरेको अध्यक्ष पन्तले जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *