सञ्चारकर्मीलाई राहत प्याकेज घोषणा गर्न माग

डिसी नेपाल
२२ चैत २०७६ १८:२९

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौँ, ललितपुर, भक्तपुर शाखाले बन्दाबन्दीको समयमा कार्यक्षेत्रमा खट्ने सञ्चारकर्मीलाई विशेष बीमासहित निःशुल्क उपचार, श्रमजीवि पत्रकारलाई तत्काल राहत प्याकेज घोषणा माग गरेका छन् । काठमाडौँ शाखा अध्यक्ष शान्तराम बिडारीले जोखिम मोलेर कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीले राहत प्याकेजको माग गरेको जानकारी दिए।

उनले पत्रकारले नै सञ्चालन गरेका स्वरोजगारमुखी मिडियालाई पत्रिका प्रकाशन हुन नसकेको अवस्थामा पनि सरकारले दिने सहुलियत यथावत् कायम राख्नसमेत माग गरेको बताए। कोभिड–१९ को कारणले साप्ताहिक, पाक्षिक पत्रिका बन्द भएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *