खाडी तथा मध्यपूर्वी मुलुकमा रहेका लाखौँ नेपालीलाई आइपर्ने संकटसँग जुध्न तयार छौँ

डिसी नेपाल
२२ चैत २०७६ १९:३०

काठमाडौँ । कोरोनाले खाडी तथा मध्यपूर्वी मुलुकमा माहामारी सिर्जना गरेको अवस्थामा त्यहाँ रहेका लाखौँ नेपालीलाई आइपर्ने संकटसँग जुध्न एनआरएनए मध्यपूर्व तयार रहेको संयोजक प्रविण गुरुङले बताएका छन् । डिसी नेपालसँग कुरा गर्दै गुरुङले त्यहाँ रहेका नेपालीहरुलाई कुनै पनि अप्ठेरो नहोस् भन्ने सवालमा आफूहरु सजग रहेको बताएका हुन् ।

संसारलाई आतंकित बनाइरहेको कोरोना भाइरस (कोभिड–१९) ले मध्यपूर्वी मुलुकहरुमा रहेका नेपालीहरुलाई पार्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै एक ‘ एनआरएनए मध्यपूर्व क्षेत्रीय उद्धार समिति ’ निर्माण गरिसकिएको पनि उनले जानकारी दिए ।

खाडीमुलुकहरुमा कोरोना भाइरसको प्रकोप दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थालाई ध्यान दिँदै त्यसबाट नेपालीहरुलाई पर्ने समस्यामा हातेमालो गर्ने उद्धेश्यले यो समिति बनाइएको गुरुङको भनाइ छ ।

संयोजक गुरुङकै अध्यक्षतामा गठित उक्त उद्धार समितिको उपसंयोजकमा यूएईबाट मनोज गोर्खाली र प्रवक्तामा साउदी अरवबाट राजेन्द्र अर्याल (जोन) चयन भएका छन् ।

समितिले तत्कालै कामको थालनी गर्दै कोरोनाबाट प्रभावित नेपाली समुदायले भोग्नु परेका समस्याको अध्ययन गरी विवरण राख्न शुरु गर्नेछ । समितिले मध्यपूर्वमा रहेका नेपाली कुटनीतिक निकायहरुको सहकार्य तथा समन्वयमा काम गर्ने बताइएको छ ।

गु्रुङले भाइरसको प्रभावले समस्यामा परेका नेपालीहरुलाई एनआरएनए मध्यपूर्वका विभिन्न एनसीसीहरुले राहत प्याकेज वितरण गरिरहेको पनि बताए । उनले समस्यामा परेका नेपालीहरुलाई राहतको लागि सम्बन्धित देशमा रहेका एनसीसीहरुलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

गठित समितिले गैरआवासीय नेपाली संघ केन्द्रमा रहेको उच्चस्तरीय समितिको मातहत तथा समन्वयमा मध्यपूर्व क्षेत्रमा काम गर्ने तथा केन्द्रसंघ आपसी सहयोगको लागी आह्वान समेत गर्ने संयोजक गुरुङले जानकारी दिए । उनले संकटको घडीमा मध्यपूर्वमा रहेका नेपालीहरुलाई एक आपसमा सहयोगको हात बढाउन आह्वान समेत गरेका छन् ।

समितिको सदस्यहरुमा राज रेग्मी (कतार), सुमित्रा पौडेल (कुवेत) यास्मिन बेगम सैयद (साउदी अरब), रमेस भट्ट ( कतार), नारायण पासवान (साउदी), ठाकुरप्रसाद ढुंगाना (यूएई), अमित राई (कुवेत), अजय यादब (ओमन), लालप्रसाद पुन (बहराइन), नवीन पौडेल (यूएई) राजु केसी (युएई), नेत्रप्रसाद शर्मा (युएई), अब्दुल बासिद (कतार), होमनाथ शर्मा (कतार), युबराज शर्मा ( कतार), केबी हमाल (कतार) मोहम्मद मुक्तदा मुसलमान (कतार), प्रकास कोईराला (युएई), तेज थापा (साउदी अरब) सुजन केसी (कुवेत), लक्ष्मी गिरी (बहराइन),
र सेवन्त पुर्जा पुन (ओमन) रहेका छन् ।

यो उद्दार समितिलाई आवश्यक सरसल्लाह र समन्वयको लागि एक सल्लाहकार समिति पनि गठन गरिएको उनले बताए । जसमा टीबी कार्की (कतार), आरके शर्मा (कतार), डीबी क्षेत्री (ओमन), राजु सैयद (साउदी अरब), नरेन्द्र भाट (कतार), महेन्द्र चम्लागाई (कतार), कमलमणि गुरागाई (कतार), बिमल सुवेदी (कतार), गोपाल कडेल (युएई), धर्मराज गिरी (ओमन), बिल गुरुङ (कतार), बिनोद भट्टराई (कतार), सनी ओली ( कतार), सुरज मास्के (कुवेत), रमेश भण्डारी (साउदी अरब), मोहन शर्मा (यूएई), कृष्ण प्रसाद भट्टराई (यूएई), रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *