कोरोनाभाइरसका कारण अमेरिकाको अर्थतन्त्रमा ठूलो धक्का, एक महिनामै ७ लाख बेरोजगार

डिसी नेपाल
२३ चैत २०७६ १२:०८

काठमाडौं। कोरोनाभाइरसका कारण अमेरिकी अर्थव्यवस्था नराम्रोसँग प्रभावित हुन पुगेको छ । यहाँ लगातार बिरामीको संख्या बढिरहेको छ । अमेरिकामा कोरोनाभाइरसका कारण ८ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । ३ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् ।

कोरोनाभाइरसका कारण लागू बन्दीका कारण अमेरिकाको अर्थव्यवस्था नराम्रोसँग प्रभावित भएको छ । तथ्यांकअनुसार मार्च महिनामा मात्र कम्नीहरुले ठूलो संख्यामा कर्मचारीहरुलाई विदा दिएका छन् । श्रम विभागले जारी गरेको तथ्यांकअनुसार गएको मार्च महिनामा मात्र ७ लाख १ हजाररोजगार घटेका छन् ।

सिएनएनको समाचार अनुसार देशमा बेरोजगारीको दर बढेर ४.४ प्रतिशत पुगेको छ । विभागले आफ्नो संख्यात्मक आँकडामा कोरोनाभाइरसका कारण भएको पूरै नोक्सानीलाई समेट्न नसकिएको समेत बताएको छ । अप्रिल महिनामा बेरोजगारीको यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । ट्रम्प प्रशासनले आर्थिक नोक्सानीलाई मध्यनजर गर्दै अमेरिकामा अझै लकडाउन घोषणा गरेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *