एनआरएनएले १ करोड ६२ लाखको स्वास्थ्य सामग्री सरकारलाई दिने, बाँकी रकम विदेशमै खर्च गरिने

डिसी नेपाल
२३ चैत २०७६ २२:४९

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड–१९ राहत कोषमा जम्मा भएको र उठ्दै गरेको रकमबाट १ करोड ६२ लाख नेपाली रुपैयाँ बराबरको स्वास्थ सामग्री नेपाल सरकारलाई सहयोग गर्ने भएको छ ।

राहत कोषमा संकलन भएको बाँकी रकम र त्यो भन्दा उप्रान्त उठेको रकम भने विदेशमै बस्ने नेपालीहरुको लागि राहत स्वरुप खर्च गरिने भएको छ ।

कोरोनाबाट विदेशमा बस्ने नेपाली पनि व्यापक रुपमा प्रभावित हुन थालेपछि संघको कार्यकारी समितिको बैठकले यस्तो निणर्य गरेको हो । संघले कोरोना विरुद्ध लड्न विभिन्न क्षेत्रिय आपतकालीन समिति निमार्ण गर्दे राहत कोषको स्थापना गरेको जनाएकाे छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन परिस्थितिले देश भित्र र परदेशमा समस्यामा परेका नेपालीहको सहयोगार्थ भन्दै एनआरएनएले स्थापना गरेको आपतकालीन राहत कोेषमा हालसम्म २ करोड भन्दा धेरै रकम संकलन भैसकेको छ । जसमा १ करोड ३० लाख भन्दा बढि रकम दक्षिण कोरियाबाट मात्रै संकलन भएको थियो ।

संघले काेषमा संकलित रकम मध्येबाट जम्मा  १ करोड ६२ बराबरको स्वास्थ्यसम्बन्धी सुरक्षा उपकरण नेपाल सरकारलाई उपलब्ध गराउने भएको महासचिव हेमराज शर्माले डिसी नेपाललाई बताए ।

संक्रमणको समयमा स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारका सुरक्षा उपकरण र परीक्षण कीट चीन तथा दक्षिण कोरियाबाट खरिद गरेर सरकारलाई उपलब्ध गराइने उनको भनाइ छ ।

संघले यो संकटको घडिमा विश्वभर छरिएका नेपाली समुदायलाई सहयोगका लागि जुट्न आग्रह समेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *