कोरोना संक्रमित फ्रान्सेली फुटबल क्लब रेम्सका डाक्टर द्धारा आत्महत्या

डिसी नेपाल
२४ चैत २०७६ १६:५५

काठमाडौं । सम्पूर्ण विश्वमा आफ्नो पकड बनाउदै गएको कोरोनाभाइरसको डरले जन मानसको दिमागमा कब्जा जमाउदै गएको छ । यो भाईरसको डरले गर्दा फ्रान्सको फुटबल क्लब रेम्सका डाक्टर बर्नार्ड गोन्जालेजले आत्महत्या गरेका छन। स्रोतका अनुसार बर्नाड कोरोनाबाट संक्रमित थिए। त्यसकारण उनी डिप्रेसनमा आएका थिए ।

फ्रान्सको फुटबल प्रतियोगिता लिग १ का क्लब रेम्सले एक विज्ञप्ति जारी गर्दै भन्योः बर्नार्डको मृत्युले रेम्स शहरका खेलाडी मात्र होइन हजारौं मानिसहरुलाई गम्भीर चोट पुर्‍याएको छ। बर्नार्ड २० बर्षदेखि क्लबसँग सम्बद्ध थिए।

‘बर्नार्डको आत्महत्याबाट म स्तब्ध छु’ रेम्स शहरका मेयर अर्नाड रोबिनले भने। ‘म उनलाई धेरै बर्षदेखि चिन्दथे । बर्नार्डले एक सुसाइड नोट पनि छोडेका छन, जाहा उनले कोरोना संक्रमित हुने बारेमा लेखेका छन्। बर्नार्डलाई शहरमा सबैले मन पराउँथे। उनी आफ्नो राम्रो व्यक्तित्वका लागि धेरै प्रख्यात थिए। क्लबको मेडिकल टोलीले बर्नार्ड दुई दिन पहिले एकदम स्वस्थ रहेको बताएका छन ।’

कोरोना भाईरसकै कारण दुई खेलका महापुरूष डेभिड होजकिस ईङल्यानड लन्काशायर क्रिकेट क्लबका अध्यक्ष र पेप डायोफ को मृत्यु भएको छ । पेप डायोफ फ्रान्सको ओलम्पिक डि मार्शल फुटबल क्लबका पूर्व अध्यक्ष थिए। यसअघि मार्च २८ मा पाकिस्तानको स्क्वाश लिजेन्ड आजम खानको ९५ वर्षको उमेरमा निधन भएको थियो।

आजमले १९५९ र १९६२ मा लगातार २ पटक ब्रिटिश ओपन उपाधी जितेका थिए। आजम विश्वकै सर्वश्रेष्ठ स्क्वाश खेलाडीहरूमा गनिन्थे। उनले पहिलो पटक सन १९६२ मा सबैभन्दा महत्त्वपूर्ण हार्डबल प्रतियोगिता युएस ओपन पनी जितेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *