टी२० विश्वकप तोकिएको समयमै हुने आइसीसीको भनाई

डिसी नेपाल
२४ चैत २०७६ १७:३०

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी–ट्वान्टी विश्वकप निर्धारित समयमै हुने जनाएको छ। यसै वर्ष अष्ट्रेलियामा टी–ट्वान्टी विश्वकप आयोजना हुँदैछ । अष्ट्रेलियाले गत महिना महिला टी-ट्वान्टी विश्वकपको सफल आयोजना गरेको थियो ।

पुरुष विश्वकप समेत अष्ट्रेलियामा अक्टोबर १८ देखी नोभेम्बर १५ सम्म आयोजना हुने तालिका छ । तर, विश्वभर त्रासको रुपमा फैलिएको कोरोना भाईरसको कारण विश्वको खेलकुद स्थगित भएका छन् ।

त्यसैले पुरुष टी–ट्वान्टी विश्वकप समेत सार्ने गृहकार्यमा आईसीसी लागि परेको खबर सार्वजनिक भएको थियो । तर, आईसीसीले हालै एक विज्ञप्ति जारी गर्दै समयमै विश्वकप गराउने तयारी भएको बताएको छ । स्थानीय आयोजक समितिले प्रतियोगिताको तयारी गरिरहेको र समितिसँग आईसीसीले निरन्तर छलफल गरिरहेको बताएको छ ।

यस्तै सन् २०२१ मा भारतले समेत आईसीसी टी–ट्वान्टी विश्वकप आयोजना गर्दैछ । लगातार एकै प्रतियोगिता रहेको कारण आउने वर्ष दुई प्रतियोगिता आयोजना हुने छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *