जाभिले गरे बार्सिलोनाको अस्पताललाई १० लाख युरो दान

डिसी नेपाल
२४ चैत २०७६ १८:४८

काठमाडौं । बार्सिलोना र स्पेनका पुर्व स्टार जाभि हर्नाडिज र उनका पत्नीले कोरोना भाईरस संगको लडाईमा आफ्नो शहरको अस्पताललाई १० लाख युरो दान गरेका छन । शनिबार अस्पतालले एक ट्वीट गर्दै जावि हर्नाडिज र नुरिया कुनिलेराले १० लाख युरो सहयोग गरेको जनाएको छ । साथै अस्पतालले जावि दम्पतीलाई सहयोगको लागी धन्यबाद ज्ञापन गरेको छ ।

जाविले ट्वीटमा एक भिडियो पोस्ट गर्दै भनेः ‘नुरिया र मैले बार्सिलोनाको अस्पताल क्लिनिकलाई कारोना भाईरस संगको लडाईको लागी मद्दत गरेका हौ । हामी संगै सहयोग गर्नेमा स्पेनका स्टारहरु लियोनल मेस्सी, पेप गुवार्डिओल, राफेल नाडाल र पाउ गैसोल रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *