ब्राजिल फुटबल प्रमुख माथि घूस लिएको आरोप

डिसी नेपाल
२५ चैत २०७६ १६:३३

काठमाडौं । ब्राजिलियन फुटबल संघ (सीबीएफ) का अध्यक्ष एवम पूर्व राष्ट्रपति रिकडेरे टेक्सेरा लगायतका अन्य अधिकारीहरु माथि २०२२ मा कतारमा हुने फुटबल विश्वकप आयोजना गर्न बोलपत्रमा घूस लिएको आरोप लगाइएको छ। यी अधिकारीहरु माथि अमेरिकी अदालतमा एक वकिलले आरोप लगाएका छन।

यसका साथै दक्षिण अमेरिकी फुटबलका पूर्व अध्यक्ष दिवंगत निकोलास लियोस र जुलिओ ग्रोन्डालाई पनि २०१० मा फिफा कार्यकारीको बैठकमा कतारले आयोजना गर्ने पक्षमा पैसा लिएर मतदान गरेको आरोप लगाइएको छ।

समाचार एजेन्सी सिन्हुआका अनुसार अमेरिकी जिल्ला अदालत ब्रूकलिनसँग भएको कागजातहरुमा उक्त पैसा कहाँबाट आयो भनेर उल्लेख भएको छैन । गत वर्ष नोभेम्बरमा विश्व फुटबलको निकाय फिफाले टेक्सेरालाई घूस लिएको आरोपमा आजीवन प्रतिबन्ध लगाएको थियो। यस बाहेक उनलाई १० लाख अमेरिकी डलर जरिवाना गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *