जापानले ओलम्पिक मशाल कोरोनाको कारण प्रदर्शनीबाट हटायो

डिसी नेपाल
२५ चैत २०७६ १९:१८

काठमाडौं । जापानले टोकियो ओलम्पिकको मशाललाई प्रदर्शनीबाट हटाएको छ । विश्वव्यापी माहामारी कोविड १९ को कारणले देशको आपतकालिन अवस्थाको बीचमा टोकियो २०२० ओलम्पिक एक बर्षको लागि स्थगित गरिएको छ।

मशाललाई जापानको उत्तरपूर्वी क्षेत्र फुकुशिमामा सार्वजनिक प्रदर्शनमा राखिएको थियो तर जापानमा कोरोनाभाइरसका घटनाहरू बढदै गएपछि मशाललाई हटाउने निर्णय गरिएको हो ।

मशाल ग्रिसमा प्रज्वलित गरिएको थियो यसलाई २० मार्चमा जापान पुर्र्याइएको थियो । टोकियो २०२० को आयोजन समितिका प्रवक्ताले भने – हामी सुरुमा टर्चलाई अप्रिल ३० सम्म सार्वजनिक प्रदर्शनमा राख्न चाहन्थ्यौं तर हालका घटनाहरूलाई ध्यानमा राख्दै हामीले यसलाई रोक्ने निर्णय गरेका हौं ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *