नेपालका युवा राष्ट्रिय खेलाडीले घरभाडा नलिने घोषणा

डिसी नेपाल
२७ चैत २०७६ ९:५०

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा निवासी बडिविल्डीङका राष्ट्रिय खेलाडी तथा वीरगन्जका युवा समाजसेवी अजय गुप्ताले आफ्नो घरमा बस्नेहरुसँग लकडाउन अवधिभरको घरभाडा नलिने घोषणा गरेका छन् । उनले आफ्नो घरमा बसेका २५ घर परिवारलाई लकडाउन अवधिभर घरभाडा नलिने घोषणा गरेका हुन् ।

लकडाउनका कारण दैनिक ज्यालादारी गरी घरपरिवार पाल्दै आएका मजदुरहरुको परिवारमा समस्या देखिएपछि आफनो घरमा भाडा लिएर बसेका सबैलाई लकडाउन अवधिभर घरभाडा नलिने निर्णय गरेको उनले बताए । गुप्ताले भने ः घरभाडा सहित ग्याँस, खाद्यान्न, तरकारी तथा औषधी उपचारमा समेत सहयोग गर्न म तयार रहेको छु ।

घरभाडामा बस्नेलाई कुनैप्रकारको समस्या आउँन नदिने बताउँदै आएका गुप्ताको घरमा भारत, नेपाल लगायत विभिन्न शहरबाट वीरगन्ज आएर दैनिक ज्यालादारी गर्नेहरु बस्दै आएका छन ।

मानवता ठूलो कुरा हो, अहिले विश्व नै कोरोनाको संक्रमणले ग्रसित रहेको छ । हाम्रो सरकारले कोरोनाको संक्रमणबाट जोगिन लकडाउनको घोषणा गरेको छ । सरकारको निर्देशनलाई पालना गर्न गराउँन हामीपनि आ आफनो स्तरबाट लागिपरेको उनले बताए ।

लकडाउनको पालना गर्ने क्रममा सबभन्दा बढी मार दैनिक ज्यालादारी गरेर खानेलाई परेको छ । आफनो घरमा बस्नेलाई मात्र नभएर गुप्ताले टोल छिमेकमा रहेको अन्य गरिब जनताको राहतका लागि पनी दिनरात खटिरहेको बताए ।

गुप्ताले कुनैपनि असाहाय, गरिब, दैनिक ज्यालादारी गरी खानेलाई राहतको अभाव भए आफूलाई सम्पर्क गर्न आग्रह समेत गरेका छन । घर दैलोमै पुगेर सक्दो सहयोग स्वरुप राहत उपलब्ध गराउँन प्रतिबद्ध रहेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *