लकडाउनमा रक्सीको होम डेलिभरी !

डिसी नेपाल
२७ चैत २०७६ १४:१७

कोलकाता। लकडाउनका बेला अत्यावश्यक बाहेक अन्य सबै व्यापार ठप्प छ । तर, भारतको पश्चिम बंगाल राज्य सरकारले भने लकडाउनका बेला रक्सीको होम डेलिभरी गर्न छुट दिने निर्णय गरेको छ । आज तकले सूत्रको हवाला दिँदै लेखेअनुसार यसरी डेलिभरी गर्नको लागि स्थानीय पुलिसले पास जारी गर्नेछ । यो पासको आधारमा बिक्रेताले घरसम्म रक्सी डेलिभरी गर्न पाउनेछन् । सरकारले लकडाउनमा मदिरा बिक्रीमा कुनै रोक नभएको बताएको छ ।

रिपोर्टका अनुसार कोलकाता पुलिसले रक्सीका खुद्रा व्यापारीहरुका लागि पास जारी गर्नेछ । यसका लागि व्यापारी आफ्नो इलाकाको पुलिस स्टेशन जानुपर्नेछ । एक पसलेलाई केवल ३ पास जारी गरिनेछन् । जसलाई महिराको आवश्यकता छ उसले स्थानीय पसलमा दिउँसो ११ बजेदेखि २ बजेभित्र फोन गरेर अर्डर दिन सक्नेछन् । पसलले २ बजेदेखि ५ बजेको समयमा होम डेलिभरी दिनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *