सांसद चौधरीद्वारा महोत्तरीका २ सय ३० विपन्न परिवारलाई खाद्यान्न वितरण

डिसी नेपाल
२७ चैत २०७६ १४:४३

महोत्तरी। राजपा नेपालकी महामन्त्री तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले महोत्तरीका मटिहानी र जलेश्वर नगरपालिकाका विपन्न र ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरेकी छन्।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न स्थानीय तहलाई राहत र स्वास्थ्य सामाग्री अभाव भएको बेला सांसद चौधरीले मटिहानी नगरपालिको मझौराविसनपुर र जलेश्वर नगरपालिका खैराका २ सय ३० विपन्न दलित र मजदुरलाई निजी स्रोतबाट राहत र स्वास्थ्य सामाग्री वितरण गरेकी हुन्।

ज्याला मजदुरी गर्ने, घरमा अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई अवस्था र परिवार संख्या हेरेर साँसद चौधरीले बुधवार राहत वितरण गरेकी छन्। चौधरीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ र ५ का १ सय ३० परिवार मुसहर र चमार तथा जलेश्वर नगरपालिकाको वडा नम्बर ३ का ७० मुसहर घरपरिवारलाई राहत वितरण गरेको जानकारी दिइन्।

चौधरीले व्यक्तिगत कोषबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेकी हुन्। उनले प्रति परिवारलाई १० किलो चामल, २ किलो दाल, २ किलो चिऊरा, २ किलो आलु, २ किलो प्याज, १ लिटर खानेतेल र १ किलो नुन वितरण गरेकी हुन्। खाद्यान्नका साथै सांसद चौधरीले उनीहरुलाई साबुन र माक्स समेत वितरण गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *