आईसीसी वरीयताः नेपाल यथावत

डिसी नेपाल
२७ चैत २०७६ १७:४१

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को एकदिवसीय र टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल एकदिवसीय र टी–ट्वान्टी दुवैमा यथावत रहेको हो । एकदिवसीयमा नेपाल १६ औं स्थानमा रहेको छ । नेपालले १२ खेलमा २० रेटिङ अंक पाएको छ ।

एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि ओमान, स्कटल्याण्ड र नेदरल्यान्ड्स रहेका छन् । एकदिवसीयमा इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो, न्युजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।

यस्तै टी–ट्वान्टीमा नेपाल १५ औं स्थानमा रहेको छ । नेपालले २७ खेलमा १ सय ८५ रेटिङ अंक पाएको छ । नेपालको टी–ट्वान्टीमा ११ औं सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेका छन् ।

टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *