जापानको क्योटो प्रान्तमा पनि आपतकाल घोषणा गर्ने तयारी

ज्याक खड्का
२७ चैत २०७६ २०:४२

क्योटो ।जापानको क्योतो प्रिफेक्चर सरकारले केन्द्र सरकारलाई आपतकालिन स्थितिको घोषणा गर्न आग्रह गरेको छ ।

कोरोना भाईरस संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहेको जनाउँदै प्रिफेक्चरका मेयर र गर्भनरले संयुक्त प्रेस सम्मेलन आयोजना गरेर यस्तो आग्रह गरेका हुन् ।

गर्भनर निसिवाका र मेयर कादोकावाले बिहिबार एकसाथ विद्यमान कानुमा आधारित रहेर आपतकाल घोषणा गर्न भाग गरेका हुन् ।

क्योतो प्रिफेक्चरमा बिहिबार मध्यरातसम्ममा कोरोना भाइरसबाट संक्रमितको संख्या १ सय ६५ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *