मलेसियामा ४ सय १६ विदेशी नागरिकमा कोरोनाको संक्रमण

डिसी नेपाल
२७ चैत २०७६ २१:०५

क्वलालम्पुर । मलेसियामा हालसम्म ४ सय १६ जना विदेशीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक दातु डाक्टर नुर हिशम अब्दुल्लाहले ४ सय १६ जना विदेशी नागरिकमा कोरोना संक्रमणको पुष्टि गरेका हुन ।

महानिर्देशक नुर हिशमका अनुसार ईन्डोनेसियाली नागरिक ५१ , भारतीय ३७ , म्यानमार ३१ , पाकिस्तानी २९, फिलिपिन्स २७,, चिनियाँ २५ र बङलादेशि १२ जना रहेका छन भने बांकी अन्य मुलुकका रहेको स्थानीय अङ्ग्रेजी पत्रिका द स्टारलगायत मलेसियाका राष्ट्रिय समाचार संस्थाहरुले समाचार प्रकाशित गरेका छन ।

साथै मलेसियाले यहाँ रहेका शरणार्थीहरु र शरणार्थी भिषा माग गरकाले पनि सरकारले गरिरहेको कोरोना रोकथाम गतिविधिमा समावेश गर्न सकून् भन्ने कुराको सुनिश्चितको लागि मन्त्रालयले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगसँग मिलेर काम गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मलेसियामा अहिलेसम्म कोरोना संक्रमणबाट मर्नेको सङ्ख्या ६७ पुगेको छ । आज बिहिवार थप २ जनाको मृत्यु भएको थियो । हालसम्म मलेसियामा ४ हजार २ सय २८ जनामा संक्रमण देखिएकोमा १ हजार ६ सय ८जनाले स्वास्थ्य लाभ गरेका छन । ७२ जना गम्भीर बिरामी रहेका छन भने बुधबार थप १ सय ९ जना संक्रमित थपिएको मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *