रियल म्याड्रिडका खेलाडीहरूको तलब कटौती

डिसी नेपाल
२८ चैत २०७६ १२:१०

काठमाडौं । स्पेनिश फुटबल क्लब रियल म्याड्रिडका खेलाडीहरू र व्यवस्थापकहरूले कोरोनाले गर्दा हुने राजस्व घाटामा मद्दत गर्नका लागि आफ्नो तलब कटौती गर्न सहमत भएका छन्। टोलीका खेलाडी र प्रबन्धकले अब केही महिना कम्तिमा १० प्रतिशत कटौतीको साथ तलब पाउनेछ, जसको लागि उनीहरू सहमत भएका छन्। क्लबले यो निर्णय फुटबल र बास्केटबल टोलीमा लागु हुने जनाएको छ ।

रियल म्याड्रिड क्लबका केही शीर्ष अधिकारीहरू तलब कटौतीमा सहमत भएका छन् जुन २० प्रतिशतसम्म जान सक्दछ, तर यो सिजनको बाँकी खेलहरुमा निर्भर पर्नेछ । स्पेनिश लिग प्रतियोगिता महामारीको कारण सुरु नभए क्लबले संयुक्त रूपमा एक अर्ब युरो गुमाउने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *