दक्षिण अफ्रिकी टीमका पूर्व क्रिकेटर ज्याकी डुप्रिजको निधन
काठमाडौं । ज्याकी डुप्रिजको नामले परिचित दक्षिण अफ्रिकी पूर्व स्पिनर र जिम्बावे टीमका चयनकर्ता जोन हार्कोर्ट डु प्रिजको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका ७७ बर्षीय डुप्रिजको मृत्यु दक्षिण अफ्रीका क्रिकेट बोर्डले पुष्टि गरेको छ।
क्रिकेट दक्षिण अफ्रीका (सिएसए) ले एक विज्ञप्तिमा जारी गर्दै भन्यो – डुप्रिज ज्याकीको रुपमा परिचित थिए र बुधवार जिम्बावेको हरारेमा उनको मृत्यु भयो। डुप्रिज केही समय देखी हृदय रोगबाट ग्रस्त थिए। उनी दक्षिण अफ्रिका स्वतन्त्र हुनु भन्दा पहिले दक्षिण अफ्रिका क्रिकेट संघको ब्यानरमा खेल्ने जिम्बावेका खेलाडीमध्ये एक थिए ।
ज्याकी डुप्रिजले सन् १९६६–६७ मा अष्ट्रेलियाको बिरूद्ध दुई खेलमा मात्र दक्षिण अफ्रिकी टीमको प्रतिनिधित्व गरेका थिए। उनी लेग स्पिनका साथै ब्याटिङका लागि पनि परिचित थिए। डुप्रिजले सन् १९६० मा दक्षिण अफ्रिकाको घरेलु क्रिकेटमा शानदार प्रदर्शन गरेका थिए। उनी अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा खासै सफल भएनन्।दक्षिण अफ्रिकाका लागी टेस्टमा उनले दुई खेलमा ३ विकेट मात्र लिएका थिए ।
दक्षिण अफ्रीका क्रिकेटका कार्यवाहक प्रमुख कार्यकारी डाक्टर ज्याक फलले भने – सिएसएको तर्फबाट म उनी, उनको परिवार र साथीहरुप्रति शोक व्यक्त गर्दछु। ज्याकी डुप्रिज एक फिल्डरको रुपमा पनी परिचित थिए। २० वर्षसम्म पहिलो श्रेणीको क्रिकेट खेलेका डुप्रिजले चार हजार भन्दा बढी रनका साथै २९६ विकेट लिन सफल भएका थिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment