रुपन्देही फुटबल संघले क्लबका खेलाडी र परिवारलाई सहयोग गर्ने

डिसी नेपाल
२८ चैत २०७६ १५:२९

काठमाडौं । रुपन्देही जिल्ला फुटबल संघले एक विज्ञप्ति जारी गर्दै जिल्ला फुटबल संघमा सहभागि क्लबका खेलाडी तथा परिवारलाई कोरोना महामारीको बखत कुनै सहयोग आवश्यक परेमा सहयोग माग्न अपिल गरेको छ ।

संघले शुक्रबार विज्ञप्ति जारी आफू मातहत दर्ता भएका क्लबका खेलाडी र परिवारलाई कोरोना भाईरस महामारीका कारण कुनै संकट परेमा सहयोग गर्ने जनाएको हो ।

विश्वब्यापी कोरोना महामारीका कारण नेपाल पनि अछुतो नरहेको भन्दै फुटबल संघले आयोजना गर्ने फुटबल लिगमा दर्ता भएका खेलाडी र परिवारलाई संकट परेका अवस्थामा सहयोग गर्ने निर्णय संघले गरेको छ ।

संघले क्लबले सहयोगका निम्ति अध्यक्ष दिर्घबहादुर केसी लगायतका क्लब पदाधिकारीलाई सम्पर्क गर्न आग्रह समेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *