चप्पललाई लकडाउनको नियम पालन गर्न खटाइएपछि…

डिसी नेपाल
२८ चैत २०७६ १५:५८

काठमाडौं। लकडाउनमा मानिसहरुलाई सामाजिक दूरी कायम गर्न भनिएको छ । यो अवधिमा मानिसहरुलाई समस्या नहोस् भनेर सरकारले विभिन्न राहत कार्यक्रम पनि संचालन गरिएको छ । भारत सरकारले गरिबहरुको जन धन खातामा पैसा जम्मा गरिदिएको छ । यो पैसा लिन अहिले बैंकहरुमा भीड जम्मा भएको छ । बैकमा सामाजिक दूरी कायम गर्न भन्दै बाहिर गोलो घेरा बनाइएका छन् । लाइनमा बस्ने मानिसहरुलाई यी घेराभित्र उभिन भनिएको छ । तर, मानिसहरुले घेराभित्र चप्पल राखेर आफूहरु जम्मा भएर गफ गर्दै बसेका छन् ।

उत्तरु प्रदेशको पीलीभीत जिल्लाको पुरनपुरमा यस्तो दृश्य देखिएको हो । यहाँ डेढदेखि २ किलोमिटर लामो चप्पलको लाइन छ । बैंक अफ बडौदा र माधोटांडा क्षेत्रमा जनसुविधा केन्द्रमा बनेको बैंक प्वाइन्टको बाहिर सामाजिक दूरीका लागि बनाइएका गोला घेरामा मानिसहरु उभिएका छैनन् । यी घेराभित्र चप्पल छन् । यहाँका मानिसहरु गोलो घेरामा चप्पल राखेर आफूहरु छायाँमा बसेर गफ गर्छन् । पालैपालो आफ्ना चप्पल अगाडिका घेरामा सार्दै जान्छन् । मानिसहरु छायाँमा समूहमा बसेर कुरा गरिरहेका देखिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *