लकडाउनमा आमा खानेकुरा किन्न गइन्, घरमा १३ वर्षकी छोरीको बलात्कारपछि हत्या

डिसी नेपाल
२ वैशाख २०७७ १३:५८

काठमाडौं। लकडाउनका बेला आमा खानेकुरा किन्न घरबाहिर गएका बेला घरमा एक्लै भएकी १३ वर्षकी बालिकालाई अज्ञात व्यक्तिले घर फुटाएर बलात्कार गरेपछि हत्या गरेका छन् । मेक्सिकोको नागोलासमा एना पाओला नामकी ती बालिकाको मृत शरीर बेडरुममा भेटिएको छ । उनको परिवार लकडाउनमा घरमै थिए । उनकी आमालाई भने जरुरी सामान किन्नको लागि घरबाहिर जान दिइएको थियो ।

स्थानीय मिडियाको हवाला दिँदै मिररले लेखेअनुसार बालिकाकी आमा घटनाभन्दा केही समय अगाडि मात्रै जरुरी सामान किन्न घरबाहिर गएकी थिइन् । त्यही समयमा कसैले घर फुटाएर भित्र पस्यो र ती बालिकालाई बलात्कार गरी हत्या गर्यो । स्थानीय मिडियाका अनुसार घरमा कुनै किसिमको चोरी भने भएको छैन । घटनाका आरोपीको पहिचान हुन सकेको छैन र पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *