बिरामीमा ‘खतरनाक’ साइड इफेक्ट देखिएपछि कोरोनाभाइरसको औषधीको परीक्षण रोकियो

डिसी नेपाल
२ वैशाख २०७७ १४:१९

काठमाडौं। कोरोनाभाइरसको प्रकोप विश्वभरी फैलिँदै गएका बेला वैज्ञानिकहरु यसको उपचारको खोजीमा लागिरहेका छन् । प्रारम्भिक अध्ययनमा मलेरियाविरुद्धको एउटा औषधी कोभिड–१९ सँग लड्नको लागि उपयोगी हुने मानिएको थियो । तर, नयाँ ट्रायलले भने यो औषधीले स्वास्थ्यमा नकारातमक असर पार्ने देखिएको छ ।

क्लोरोक्विन नामको औषधीको एउटा क्लिनिकल ट्रायलमा बिरामीहरुलाई खतरनाक किसिमको मुटुसम्बन्धी समस्या देखिएपछि ट्रायल रोकिएको छ । मिररका अनुसार ब्राजिलको ट्रपिकल मेडिसिन फाउण्डेशनमा गरिएको यो ट्रायलमा ४४० कोरोनाभाइरसका बिरामीलाई यो औषधी दिइएको थियो । सहभागहिरुमध्ये कोहीलाई हाइ डोज र केहीलाई लो डोज दिइएको थियो ।

हाइ डोज दिइएका बिरामीहरुमा मुटुको रिदममा समस्या भएको थियो । दुई बिरामीले भने असामान्य र छिटो मुटुको धड्न बढेको महसुस गरे । पछि उनीहरुको मृत्यु भयो । यी नतिजामै आधारित रहेर अब यो क्लिनिकल ट्रायल रोकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *