कोरोनाभाइरस नियन्त्रणका लागि चीनले उठायो २ महत्वपूर्ण कदम

डिसी नेपाल
२ वैशाख २०७७ १५:०१

काठमाडौं। चीनले कोरोनाभाइर नियन्त्रणका लागि दुई महत्वपूर्ण निर्णयहरु गरेको छ । उसले आफ्नो देशका वैज्ञानिकले विकसित गरेका २ भ्याक्सिनलाई मानवीय परीक्षणको लागि अनुमति दिएको छ । साथमा रुससँग जोडिएको आफ्नो सीमामा गरिने जाँचमा अत्यन्तै कडाइ गरेको छ । चीनमा अहिले पनि इन्पोर्टेड केसहरु देखिइरहेका छन् । चीनमा पछिल्लो समय देखिएका केसहरु अधिकांश विदेशबाट आएका हुन् त्यसैले चीनले बाहिरबाट आउनेहरुमा कडाइ गरेको हो ।

चीनमा जति पनि इम्पोर्टेड केस छन् तीमध्ये अधिकांश रुसबाट आएकाहरु छन् । चीनमा अहिले कूल ४०९ संक्रमित रुसबाट आएका इम्पोर्टेड केस छन् । रुस चीनमा संक्रमितहरु आउने सबैभन्दा ठूलो स्रोत बनेपछि चीनले रुससँगको सीमामा कडाइ गरेको हो । चीनको रुससँग जोडिएको प्रान्त हेइलोंगजियांगमा सोमबार मात्र कोरोनाभाइरसका ७९ नयाँ संक्रमित भेटिए । यी सबै इम्पोर्टेड केस थिए र सबै रुसबाट आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *