पछिल्लो २४ घण्टामा इटली भन्दा अमेरिकामा चारगुना बढी संक्रमितको मृत्यु

डिसी नेपाल
३ वैशाख २०७७ ६:५०

काठमाडौँ । पछिल्लो समय कोरोना भाइरसको केन्द्रबिन्दू बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ।

पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ४ सय ७० जना संक्रमितको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । २४ घण्टाको तुलना गर्दा इटलीमा ज्यान गुमाउनेको संख्याभन्दा अमेकिरामा ज्यान गुमाउने मानिसको संख्या चारगुना बढी हो ।

यो सँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ हजार ४७ पुगेको छ।

यस्तै चीनपछि लगत्तै कोरोनाको महामारी देखिएको इटलीमा पछिल्लो २४ घण्टामा ६ सय २ संक्रमितको ज्यान गएको छ। यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ। इटलीमा हालसम्म १ लाख ६२ हजार ४ सय ८८ जना कोरोना संक्रमित फेला परेका छन् ।

यस्तै अमेरिकामा हिजो एकै दिन २६ हजार ९ सय ४५ जना नयाँ संक्रमित थपिएसँगै अमेरिकामा संक्रमितको संख्या ६ लाख १३ हजार ८ सय ८६ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *