विश्वभर करिब २० लाख मानिस संक्रमित, १ लाख २६ हजार ६०० को मृत्यु (तालिकासहित)

डिसी नेपाल
३ वैशाख २०७७ ७:११

काठमाडौँ । चीनको वुहान शहरबाट देखिन शुरु भएको कोरोना भाइरस विश्वका २१० देशमा फैलिएको छ । उक्त भाइरसको संक्रमणबाट हालसम्म १ लाख २६ हजार ५ सय ९७ जना संक्रमितको ज्यान गएको छ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ६ हजार ९ सय ७९ संक्रमितले ज्यान गुमाएका छन् । ज्यानगुमाउनेमध्ये सबैभन्दा बढी अमेरिकी रहेका छन् । अमेरिकामा २४ घण्टामा २४ सय ७ जनाको ज्यान गएको छ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट करिब २० लाख मानिस संक्रमित भएका छन् । यो सामाचार तयार पार्दासम्म विश्वमा १९ लाख ९७ हजार ८ सय ६० जना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ७४ हजार १२ जना नयाँ संक्रमित थपिएका हुन् ।

संक्रमितमध्ये ४ लाख ७८ हजार ४ सय ७९ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । र, ५१ हजार ६ सय १२ जनाको गम्भीर अवस्थामा उपचार भइरसको छ ।

यस्तो छ विश्वभर कोरोना अपडेट तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *