५० दिन जबर्जस्ती क्वारेन्टाइमा पठाएपछि यी चिनियाँको मन छुने कहानी

डिसी नेपाल
३ वैशाख २०७७ ७:४५

वुहान। सेल्फ क्यारेन्टाइनमा बस्नु कति अप्ठेरो र तनावपूर्ण हुन्छ, यसको अनुभव कोरोना संक्रमित स्वयंले बताउने गरेका छन्। चीनमा यस्तै एउटा विषय सार्वजनिक भएको छ।

जहाँ, एक पटक होइन, तीन पटक शियाङ नामका एक व्यक्तिलाई क्वारेन्टाइनमा पठाइएयो। उनलाई जबर्जस्ती क्वारेन्टाइनमा पठाउने कहानी निकै रोचक छ। उनी ५० दिनसम्म घरमा कैद भए।

चीनका शेङडाङ प्रान्तका बासिन्दा शियाङका अनुसार ५० दिन निकै तनावपूर्ण थिए, उनी दिनभर पलङमा सुत्न विवश थिए, उनले अरु केही पनि गर्न सकेनन्।

शियाङ शेङडाङ प्रान्तको जिनिङ शहरमा बस्छन्। ५० दिनसम्म क्वारेन्टाइनमा बिताएपछि उनले सामाजिक संजालमा आफ्नो भिडियो शेयर गरे। ५५ सेकेण्डको भिडियोमा उनले पूरै कहानी शेयर गरेका छन्। ६ फ्रेबुअरीमा उनी फिलिपिन्सबाट फर्किएका थिए। प्रशासनले उनी फिलिपिन्सबाट फर्किएको थाहा पाएपछि उनलाई ८ फेब्रुअरीमा घरबाट क्वारेन्टाइनमा पठाइयो।

शियाङले भने, ‘१४ दिन पूरा भएपछि घर बाहिर निस्किने वित्तिकै मलाइ जबर्जस्ती फेरि घरमा नै क्वारेन्टाइमा राखियो। यो पटक मसँग मेरा छिमेकी पनि थिए। मेरो छिमेकमा बस्ने एक जना व्यक्ति केही समय अगाडि मात्रै दक्षिण कोरियाबाट आएका थिए। उनी सिधै मेरो घरमा आएर बसे। उनी आएको एक दिनपछि घरमा स्वास्थ्यकर्मी आए र मलाइ फेरि १४ दिनसम्म क्वारेन्टाइनमा राखियो।’

तेस्रो पटक क्वारेन्टाइन पठाउने निर्णय निकै रमाइलो छ। शियाङका अनुसार एक पटक फेरि १४ दिनको क्यारेन्टाइन पूरा भएपछि बाहिर निस्किने योजना बनाइरहेका थिए।

त्यसपछि मेरो भाइ सिंगापुरबाट सिधै घरमा आए, त्यसपछि मैले पनि तनावपूर्ण १४ दिन क्वारेन्टाइनमा बिताउनु पर्यो। मैले कसरी त्यो ५० दिन बिताएँ त्यो मलाइ मात्रै थाहा छ,’ उनले भने। प्रशासनले शियाङको घर बाहिर १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने सूचना नै टाँसेको थियो।

शियाङको भिडियो यतिबेला चीनमा सामाजिक संजालमा निकै भाइरल भइरहेको छ। मानिसहरुले फरक फरक प्रतिक्रिया दिइरहेका छन्। सामाजिक संजालमा शियाङको कहानी तुलना बजारमा पाइने अफर एउटा किन्दा दुईवटा फ्री’ सँग तुलना हुने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *