पाकिस्तानमा कोरोनाबाट १०७ जनाको मृत्यु

डिसी नेपाल
३ वैशाख २०७७ १०:२३

काठमाडौँ । छिमेकी मुलुक पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट १०७ जनाको ज्यान गएको छ।

पछिल्लो २४ घण्टामा पाकिस्तानमा ११ संक्रमितले ज्यान गुमाएका छन् ।

यस्तै पाकिस्तानमा हालसम्म झण्डै ६ हजार मानिस कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । मंगलबार मात्रै १४६ नयाँ संक्रमित थपिएका हुन् ।

पाकिस्तानमा परीक्षण गरिएका ६९ हजार ९ सय २८ जना मध्ये यी संक्रमित फेला परेका हुन् ।

संक्रमित मध्ये १ हजार ३ सय ७८ जना उपचारपछि घर फर्किएका छन् भने ४६ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *