लकडाउनमा कसैले गलत हल्ला फैलाइदिएपछि…

डिसी नेपाल
३ वैशाख २०७७ ११:२७

काठमाडौं। कोरोनाभाइरसको जोखिम रोक्नको लागि विश्वका अधिकांश देशहरुमा लकडाउन छ । भारतमा पनि २१ दिनको लकडाउन घोषणा गरिएको थियो । यो अवधि हिजो पूरा भयो र हिजै प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीका नाममा सम्बोधन गर्दै लकडाउन ३ मेसम्म बढाइएको घोषणा गरे । तर, देशको आर्धिक राजधानी र सबैभन्दा बढी जनघनत्व भएको शहर मुम्बइमा रहेका आप्रवासी कामदारहरुको बीचमा भने अर्कै हल्ला फैलियो । कसैले कामदारहरुको बीचमा सरकारले लकडाउन समाप्त गरेको हल्ला फैलाइदियो । हल्ला फैलिएसँगै मुम्बइको बान्द्रा पुलिस स्टेशनमा घर जान चाहनेहरुको थामिनसक्नु भीड जम्मा भयो ।

महाराष्ट्र भारतमा सबैभन्दा धेरै प्रभावित राज्य हो र यसको राजधानी मुम्बइ सबैभन्दा धेरै प्रभावित शहर हो । तर, अचानक बान्द्रा स्टेशनमा ठूलो संख्यामा मानिसहरु जम्मा भए । पुलिसलाई समेत यस्तो होला भन्ने पूर्वानुमान थिएन त्यसैले त्यहाँ सुरक्षाकर्मीको उपस्थिति पनि न्यून थियो । हल्ला फैलिएपछि आप्रवासी कामदारहरु घर जानको लागि स्टेशनमा जम्मा भए जसका कारण पुलिसले भीड थाम्नै सकेन । पुलिसले उनीहरुलाई आ–आफ्नो निवासमा फर्किन आग्रह गर्यो तर यसरी नियन्त्रण गर्न नसकिएपछि लाठी चार्ज नै गर्नुपर्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *