‘कोरोना परिवारका भाइरसले एकपटक निको भएपछि तत्कालै फेरि संक्रमण गर्दैनन्’

डिसी नेपाल
३ वैशाख २०७७ १४:१४

काठमाडौं। कोरोनाभाइरस एउटै किसिमका कैयौं भाइरसहरुको एक परिवार हो । यो परिवारका भाइरसका कारण मानिसलाई श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरु हुन्छन् । यो परिवारका भाइरसले निमोनिया, रुघाखोकी लगायतका समस्या उत्पन्न गराउँछन् । पछिल्ला २ दशकमा यो परिवारका तीन भाइरस मानवमाथि निकै घातक साबित भए । पहिले सार्स, त्यसपछि मर्स र अहिले कोभिड–१९ ले मानवमा ठूलो षति पुर्याएका छन् ।

कोभिड १९ बाहेक यो परिवारका अन्य सदस्य भाइरसप्रति मानव शरीरको रोग प्रतिरोधी क्षमताको कस्तो प्रतिक्रिया हुन्छ भन्ने विषयमा यसअघि नै अनुसन्धान भइसकेका छन् । यी अनुसन्धानबाट पत्ता लागेअनुसार यो परिवारका भाइरसबाट एकपटक संक्रमित भइसकेपछि मानव शरीरले यो भाइरसविरुद्ध केही वर्षको लागि प्रतिरोधी क्षमता विकसित गर्छ र त्यो समयमा यो भाइरसले त्यही मानिसलाई दोस्रो पटक संक्रमित गर्न सक्दैन । एउटै परिवारका अन्य भाइरसका विषयमा गरिएको शोधको यो नतिजाको आधारमा वैज्ञानिकहरुले कोभिड–१९ को हकमा पनि मानव शरीरको प्रतिक्रिया यस्तै हुने अनुमान गरेका छन् ।

यसअघि अनुसन्धानको क्रममा हार्वर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले १९७७ मा १८ स्वयंसेवीहरुलाई कोरोनाभाइरसबाट संक्रमित गरेका थिए । एक वर्षपछि फेरि प्रयोगको रुपमा उनीहरुलाई त्यही भाइरसले संक्रमित गरियो । शरीरमा प्रतिरोधी क्षमता विकास भइसकेका कारण दोस्रो पटक कसैलाई पनि यो भाइरसले कुनै असर गर्न सकेन । अर्को एक वर्षपछि १२ स्वयंसेवीलाई कोरोनाभाइरसको अर्को संक्रमण गरियो । यस पटक पनि उनीहरुमा आंशिक प्रतिरोधी शक्ति कायम थियो ।

१९९० मा इपिडिमियोलोजी एण्ड इन्फेक्सन मेडिकल जर्नलमा प्रकाशित शोधका अनुसार त्यतिबेला १५ जना स्वयंसेवीहरुलाई कोरोनाभाइरसबाट संक्रमित गरिएको थियो । यीमध्ये १० जनामा संक्रमणको असर भयो । एक वर्षपछि यीमध्ये १४ जनालाई पुनः संक्रमित गरियो । यसपटक संक्रमणको स्तर कमजोर थियो ।

सार्स र मर्सको विषयमा गरिएको अनुसन्धानमा खुलासा भयो कि यी भाइरसबाट संक्रमित व्यक्तिहरुको रगतमा २ देखि ३ वर्षसम्म एन्टिबढी कायमै रहेको थियो । यी अध्ययनको आधारमा कोभिड १९ का बिरामीहरुमा एक पटक संक्रमणपछि प्रतिरोधी क्षमता विकास हुनेछ र उनीहरु छिटै फेरि यही भाइरसबाट संक्रमित हुने आशंका कम हुनेछ भनिएको छ ।

हालै नेदरल्याण्डमा इरास्मर युनिभर्सिटीको एक टिमले अध्ययन गरेको छ । यो अध्ययनबाट पनि यो कुराको पुष्टि भएको छ । यो अध्ययनअनुसार कोभिड २ का १२ जना संक्रमितमा यो भाइरसविरुद्ध एन्टिबडी विकसित भएको पाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *