कोरोनाभाइरसः रुसी राष्ट्रपति पुटिनले प्रधानमन्त्रीलाई कामकाज जिम्मा लगाएर हिँडेपछि…

डिसी नेपाल
३ वैशाख २०७७ १५:२२

काठमाडौं। अमेरिका र युरोपेली देशपछि अब रुसमा पनि कोरोनाभाइरस तीव्र रुपमा फैलिन सुरु भएको छ । रुसमा अहिलेसम्म २४ हजार ४९० जना संक्रमित पाइएका छन् १९८ जनाको ज्यान गइसकेको छ । यहाँ मंगलबार मात्र ३३८८ नयाँ संक्रमित भेटिएका छन् । यो रुसमा एक दिनको सबैभन्दा धेरै संख्या हो । राजधानी मस्कोमा हालत निकै खतरनाक बन्दै गइरहेको छ । मस्कोमा मात्र संक्रमितको संख्या ८ हजार माथि पुगिसकेको छ ।

करिब १ महिनासम्म कोरोनाभाइरसलाई गम्भीरताका साथ नलिएका रुसी नेताले अब भने सत्यलाई स्वीकार गर्न थालेका छन् । राजधानी मस्कोका मेयर सर्जेइ सोब्यानिनका अनुसार भाइरसले अब यहाँ पनि गति लिइसकेको छ । मस्कोकी उपमेयर एनास्टासिया रकोभाका अनुसार राजधानीमा संक्रमितको संख्या दुई गुणाका दरले बढिरहेको छ ।

संक्रमितमध्ये आधाभन्दा धेरै ४५ वर्षभन्दा कम उमेरका छन् । अर्कोतर्फ रुसमा संकट आइपरेका बेला अगाडि बढेर काम गर्ने राष्ट्रपति भ्यादिमिर पुटिन भने राजधानी मस्को छोडेर हिँडेका छन् । उनी मस्कोबाहिर आफ्नो अर्को घरमा गएका छन् । उनले कोरोनाभाइरससँग लड्ने जिम्मेवारी प्रधानमन्त्री मिखाइल मिशुस्टिन र मस्कोका मेयर सर्जेइ सोब्यानिनलाई दिएका छन् ।

मस्कोकी उपमेयर रकोभाका अनुसार राजधानीका अस्पताल पूर्ण रुपमा बिरामीले भरिएका छन् । मस्कोबाट उत्तरु पूर्वमा कोमी तेल उत्पादक क्षेत्रको राजधानी सिक्तभकरको मुखय अस्पतालमा २०० संक्रमित बिरामी छन् । मस्कोबाट ७०० माइल पूर्व उफाको अस्पतालमा एक हजारभन्दा धेरै संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले शुक्रबार बताएअनुसार आपूर्तिमा कमीका कारण देशको स्वास्थ्य सेवा प्रभावित भएको छ । जबकि राष्ट्रपति पुटिनले अन्य देशलाई सहयोगको लागि ठूलो मात्रामा मेडिकल सप्लाइ पठाएका छन् ।

मस्कोमा संक्रमितको संख्या ह्वात्तै बढेपछि अधिकारीहरुले प्रतिबन्ध लगाएका छन् । गत हप्ता शहरबासीलाई घरमै बस्न आदेश दिइएको थियो । अब मानिसहरु खाना, औषधी र कुकुरलाई घुमाउन मात्र बाहिर निस्किन पाउँछन् । पुलिसले पनि शहरमा घुमेर नागरिकलाई घरमै बस्न अपिल गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *