अमेरिकामा पछिल्लो २४ घण्टामा २४८२ को मृत्यु

डिसी नेपाल
४ वैशाख २०७७ ८:४२

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को केन्द्रबिन्दू बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८२ जना संक्रमितको ज्यान गएको छ ।

यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या २८ हजार ५ सय २९ पुगेको छ ।

अघिल्लो दिन २ हजार ४ सय ७ जनाको ज्यान गुमाएका थिए ।

यस्तै हिजो अमेरिकामा पुन संक्रमितको संख्या बढेको छ । हिजो अमेरिकामा ३० हजार २ सय ६ जना संक्रलमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ४४ हजार नाघेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *