भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२२ पुग्यो

डिसी नेपाल
४ वैशाख २०७७ ९:०२

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२२ पुगेको छ । पछिल्ले २४ घण्टामा मात्रै भारतमा २९ जना संक्रमितले ज्यान गुमाएका छन् ।

भारतमा बिहीबार बिहानसम्म २ लाख ४४ हजार ८ सय ९३ जनाको कोरोना टेस्ट गर्दा १२ हजार ३ सय ७० जना संक्रमित फेला परेका छन् । बुधबार मात्रै ८ सय ८३ जना नयाँ कोरोना संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

संक्रमित मध्ये एक हजार ५ सय ८ जना उपचारपछि घर फर्किएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *