सरकारी क्वारेन्टाइन सेन्टरमा राखिएका कोरोना संदिग्धहरुले यौनलीला सुरु गरेपछि…

डिसी नेपाल
४ वैशाख २०७७ ९:०३

काठमाडौं। कोरोनाभाइरसको संक्रमण भएको आशंकामा विश्वभरका कैयौं देशले संदिग्धहरुलाई क्वारेन्टाइनमा राख्ने गरेका छन् । कैयौंलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ भने केहीलाई छुट्टै क्वारेन्टाइन स्थलमा राखिएको छ । तर, युगाण्डडामा भने सरकारले बनाएको क्वारेन्टाइन सेन्टरमा राखिएका संदिग्धहरुले त्यहीँ यौनलीला सुरु गरेपछि सरकारले उनीहरुको गतिविधिमाथि निगरानी गर्न सुरक्षाकर्मी खटाउनुपरेको छ ।

युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी क्वारेन्टाइनमा राखिएकाहरुले एक अर्कासँग शारीरिक सम्बनध राख्न सुरु गरेका छन् । युगाण्डाको स्वास्थ्य मन्त्रालयका स्थायी सचिव डियाना अटविनेका अनुसार उनलाई यस्तो ट्रेण्डले कोरोनाभाइरस रोक्ने प्रयास सबै बेकार हुने चिन्ता छ । उनका अनुसार क्वारेन्टाइनमा राखिएका सन्दिग्धहरुले आफ्नै पार्टनरसँग नभइ सोही सेन्टरमा भेटिने अर्का विपरित लिंगीसँग यौनलीला सुरु गरेका हुन् । यसका लागि उनीहरु एउटा कोठाबाट अर्को कोठामा जान थालेका छन् ।

द गार्डियन नाइजेरियाका अनुसार अटविनेले भनिन् ‘युगाण्डाका नागरिक कोरोनाभाइरसको खतराको विषयमा गम्भीर छैनन् । क्वारेन्टाइनमा बसिरहेका कैयौं संदिग्धहरुले सेक्सुअल अफेयर चलाइरहेका छन् । हामीले उनीहरुलाई जहाँ राखेका छौं उनहिरु त्यहाँका अरु कोठाहरुमा गइरहेका छन् । अफेयरका अलावा केही मानिसहरु आफ्ना साथी र आफन्तलाई भेट्न होटलमा यता उता चक्कर लगाइरहेका छन् । यो निकै खतरनाक छ र यसले हाम्रा सबै कोसिसलाई झट्का लाग्नेछ ।’

अटविनेका अनुसार यही कारण केहीलाई १४ दिन बितिसकेपछि पनि क्वारेन्टाइनमै राखिएको छ । मानिसहरुको आवतजावत रोक्नको लागि क्वारेन्टाइन सेन्टरमा सुरक्षा अधिकारीहरु पनि तैनाथ गरिएका छन् । मार्च महिनामा स्वास्थ्य मन्त्रालयले १७ ठाउँमा आइसोलेसन सेन्टर बनाएको थियो । होटल, अस्पताल, लज र युनिभर्सिटीमा बनाइएका यी आइसोलेसन सेन्टरमा २३२ भन्दा धेरैलाई क्वारेन्टाइन गरिएको छ । युगाण्डामा अहिलेसम्म ५४ संक्रमित भएका छन् र यीमध्ये ७ जना निको भइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *