‘कोरोनाभाइरस चीनको जंगली जनावरको बजारबाट होइन प्रयोगशालाबाट बाहिरिएको थियो’

डिसी नेपाल
४ वैशाख २०७७ ९:३०

काठमाडौं। अमेरिकी गुप्तचर र राष्ट्रिय सुरक्षा अधिकारीहरुले कोरोनाभाइरस चीनको बजारबाट नभइ प्रयोगशालाबाट सुरु भएको सम्भावनाहरु देखिएको भन्दै अमेरिकी सरकारले यसको पुष्टि गर्न थप अनुसनधान गरिरहेको बताएका छन् । यद्यपि उनीहरुले यो कुराको अहिले नै ठोकुवा गर्नु अपरिपक्व हुने भन्दै पुष्टि गर्न केही समय लाग्ने बताएका छन् । कोरोनाभाइरस ल्याबबाट बाहिरिएको भन्ने थ्योरी यो महामारी फैलिनुका सम्भावित बलिया कारणहरुमध्ये एक हो ।

अमेरिकाले यो भाइरस जैविक हतियारसँग सम्बन्धित भएको कुरालाई विश्वास गरेको छैन तर गुप्तचर अधिकारीहरुले यो भाइरस संक्रमण फैलिनुका सम्भावित थ्योरीहरुलाई लिएर अनुसन्धान अगाडि बढाइरहेका छन् । यो थ्योरी रिपब्लिकन सांदहरुसहितका राष्ट्रपति ट्रम्पका समर्थकहरुले अगाडि सारेका हुन् जो महामारीसँग जुध्न ट्रम्पले गरेका कामहरुको आलोचना भइरहेको बेला यसलाई अन्यत्र मोड्न चाहन्छन् ।

सरकार निकट एक गुप्तचर अधिकारीका अनुसार अमेरिकी इन्टेलिजेन्सले यो भाइरस चीनको वुहानस्थित प्रयोगशालामा बनेको भन्ने थ्योरीमा अनुसन्धान गरिरहेको छ । यो थ्योरीअनुसार भाइरस दुर्घटनावश प्रयोगशालाबाट बाहिरिएको दावी गरिएको छ । स्रोतले अमेरिकी मिडिया सिएनएनलाई बताए अनुसार अमेरिकी इन्टेलिजेन्सले यो थ्योरीलाई पुष्टि गर्न सकिरहेको छेन । यद्यपि उसले प्रयोगशालामा दुर्घटनावश कोही संक्रमित भए–नभएको र त्यपछि अरु कसैलाई संक्रमित गरे–नगरेको जानकारी हासिल गर्ने प्रयास भने गरिरहेको छ ।

अमेरिकी इन्टेलिजेन्सका ज्वाइन्ट चीफ अफ स्टाफ चेयरम्यान मार्क मिलेले यसै साता बताएअनुसार अमेरिकी इन्टेलिजेन्स यो भाइरस ल्याबमा उत्पन्न भएको हो वा होइन भन्ने खोजी गर्न प्रयासरत छ । यद्यपि एक अधिकारीले भने यो भाइरसको मुख्य स्रोत कहिल्यै पनि पहिचान हुन नसक्ने सम्भावना समेत रहेको स्वीकारे । ल्याबमा भाइरस उत्पन्न भएको भन्ने थ्योरीलाई चीनले भने अस्वीकार गरेको छ । चीनमात्र नभइ बाहिरी विश्वका कैयौं विज्ञहरुले पनि यो थ्योरीमाथि शंका व्यक्त गर्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *