लकडाउनका बेला मुख्य सडकमा सर्वांग नाङ्गै भएर युवती दौडिएपछि…

डिसी नेपाल
४ वैशाख २०७७ ११:४०

काठमाडौं। कोरोनाभाइरसका कारण भएको लकडाउनबाट विश्व्भरीका मानिसहरु दिक्का भएका छन् । उनीहरु घरबाट बाहिर निस्किन चाहन्छन् । तर, प्रतिबन्धका कारण उनहिरु घरबाहिर निस्किन पाइरहेका छैनन् । यही प्रतिबन्धबाट हैरान भएपछि स्पेनमा एक युवतीले पहिलो लकडाउन तोडिन् । द सनको रिपोर्ट अनुसार जब पुलिसले उनलाई समातेर अदालत लिएर गयो, त्यहाँ उनले सबै कपडा खोलेर हंगामा गरिन् ।

स्पेनमा लकडाउनका विषयमा निकै कडा नियम लागू गरिएका छन् । कसैलाई पनि बाहिर निस्किने अनुमति छैन । तर, यी युवतीलाई भने घरभित्र बस्नु निकै कष्टपूर्ण भयो । उनले लकडाउनको नियम तोडिन् र घरबाहिर निस्किइन् । यद्यपि उनले घरबाहिर निस्किने बाहेक अन्य कुनै नियम तोड्ने काम गरिनन् । उनी घरबाट बाहिर निस्किइन् र टोरेमोलिनोस इलाकामा काम गरिरहेका स्वास्थ्यकर्मीको हौसला बढाउनका लागि ताली बजाउन थालिन् ।

त्यही बेला पुलिस आएर उनलाई पक्राउ गरेर अदालत लिएर गयो । अदालतले ती महिलालाई धरौटीमा चेतावनी दिँदै रिहा गर्यो । तर, अदालतबाट बाहिर निस्कनेबित्तिकै महिलाले सबै कपडा खोलेर हंगामा गर्न थालिन् । यस क्रममा उनी पुलिसको कारमाथि पनि चढिन् । त्यसपछि पुलिसले उनलाई घेरेर समाते । उनी कपडा लगाउन तयार थिइनन् त्यसपछि बाध्य भएर पुलिसले उनलाई कपडामा बेरेर एक एम्बुलेन्समा राखेर घर पठाउनु पर्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *