नक्कली मेडिकल उपकरण बेचेको आरोप लागेपछि चीनले विश्वलाई दियो यस्तो सल्लाह

डिसी नेपाल
४ वैशाख २०७७ १२:०७

काठमाडौं। कोरोनाभाइरसको महामारीको सुरुवात चीनको वुहान शहरबाट भएको थियो । त्यसपछि यो भाइरस विश्वभरी फैलियो । अहिले भने चीनमा कोरोनाभाइरसको असर धेरै कम भइसकेको छ । आफ्नो देशमा कोरोनाभाइरसको प्रकोप कम भएपछि अहिले चीनले बाँकी विश्वमा मेडिकल उपकरण सप्लाइ गरिरहेको छ । चीनले यसरी निर्यात गरेका सामान कम गुणस्तरका भएको भन्दै युरोपसहितका कैयौं देशले चीनले धोका दिएको आरोप समेत लगाएका थिए । यस विषयमा चीन सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

चीनको विदेश मन्त्रालयले बुधबार एक बयान जारी गर्दै चीन सरकारले मान्यता दिएका कम्पनीसँग मात्र मेडिकल किट खरिद गर्न भनेको छ । चीन सरकारले आफूले मान्यता दिएका कम्पनीहरुको गुणस्तर मापदण्ड अनुसारको भएको भन्दै गुणस्तरमा कमी गर्ने कम्पनीलाई कारवाही गर्ने चेतावनी पनि दिएको छ । केही समयअघि इटली, स्पेनसहितका युरोपेली देशले चीनका सामानको गुणस्तर मापदण्ड अनुसारको नभएको बताएपछि चीनले आफ्नो देशका निर्यातकर्ता र उत्पादक कम्पनीलाई कडाइ गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *