बेलायतमा कोरोना संक्रमित गर्भवती नर्सको मृत्यु, बच्चा सकुशल

डिसी नेपाल
४ वैशाख २०७७ १२:२६

बीबीसी । ब्रिटेनमा कोरोनाभाइरस सङ्क्रमण भएकी एक गर्भवती नर्सको मृत्यु भएको छ । तर उनको गर्भबाट बच्चालाई शल्यक्रिया गरेर जीवितै निकालिएको छ।

न्याश्नल हेल्थ सर्भिस एनएचएसले सञ्चालन गरेको लूटनस्थित एउटा अस्पतालमा कार्यरत २८ वर्षीया मेरी आग्येईवा आग्यापोङको गत आइतवार मृत्यु भएको थियो।

उक्त अस्पतालका एक प्रवक्ताले नवजात शिशु राम्रो स्थितिमा भएको जनाएका छन्। तर उनले शिशुको विषयमा थप जानकारी दिएनन्।

दुई दिनअघि उनलाई कोभिड–१९ भएको पुष्टि भएपछि आग्यापोङलाई एप्रिल ७ मा अस्पताल भर्ना गरिएको थियो।

डेभिड कार्टरले आग्यापोङको कामको प्रशंसा गर्दै उनको मृत्युमा दुःख व्यक्त गरेका छन्।

आग्यापोङका पतिलाई पनि कोभिड–१९ भएको पुष्टि भएको छ।
उनी अहिले एकान्तवासमा छन्। आग्यापोङका सहकर्मीहरूले उनको परिवारलाई आर्थिक सहयोग सङ्कलन गर्न लागेका छन्।

त्यसका लागि उनीहरूले एउटा फन्डरेजिङ पेज बनाएका छन्। त्यसमा रकम जम्मा हुन थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *