अमेरिकी राष्ट्रपति ट्रम्पमाथि खनियो रुस, चीन पनि आक्रामक

डिसी नेपाल
४ वैशाख २०७७ १२:४२

काठमाडौं। रुसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेको छ । विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको अनुदान रोक्ने अमेरिकी राष्ट्रपतिको आदेशपछि रुसले अमेरिकालाई स्वार्थी भनेको छ । रुसका विदेशमन्त्री सर्गेइ रियानकोभले भनेका छन् ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको अनुदान रोक्न आदेश दिनुले विश्वव्यापी महामारीप्रति अमेरिकाको स्वार्थी प्रतिक्रियालाई उजागर गर्दछ ।’

समाचार एजेन्सी टिएएसएसका अनुसारविदेशमन्त्री सर्गेइ रियानकोभले बुधबार भने ‘हामीले वाशिंटनको हिजोको घोषणालाई डब्लुएचओको फण्डिङ रोकेको रुपमा हेरिरहेका छौं । यो अमेरिकी अधिकारीहरुको निकै स्वार्थी दृष्टिकोणको संकेत हो ।’ डब्लुएचओका महानिर्देशक टेड्रोस एडनोम घेबियसले पनि यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

घेबियसले सिधै अमेरिकाको विषयमा केही भनेका छैनन् तर यति स्पष्ट गरेका छन् कि उनीसँग यो बेकारको विवादमा अल्झिने समय छैन । उनले भने ‘यो समयमा हाम्रो एउटा मात्र उद्देश्य छ, मानिसहरुलाई कोरोनाभाइरसको महामारीबाट बचाउनु र भाइरस फैलिनबाट रोक्नु ।’ उनले अगाडि भने ‘कोरोनाभाइरसको बारेमा हामीले अहिलेसम्म यत्ति जानेका छौं कि जति छिटो संक्रमितहरुको बारेमा थाहा हुन्छ, जाँच गरिन्छ र उनीहरुलाई आइसोलेट गरिन्छ, त्यत्तिकै छिटो यो भाइरस फैलिने गति घटाउन सकिन्छ । त्यसैले अहिले हाम्रो ध्यान मानिसको ज्यान बचाउनेमा केन्द्रित छ ।’

अमेरिकाको यो फैसलाप्रति चीनले पनि आक्रोश व्यक्त गरेको छ । चीनले स्थिति गम्भीर भएको बताउँदै भाइरस तीव्र गतिमा फैलिइरहेको यस्तो समयमा अमेरिकाको यो कदमले सहयोगमा बाधा पुर्याउने बताएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ताले भने ‘अमेरिकाले विश्व स्वास्थ्य संगठनको अनुदान रोकेकोप्रति चीन चिन्तित छ ।’अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको पक्ष लिएको आरोप लगाउँदै विश्व स्वास्थ्य संगठनको अनुदान रोक्ने चेतावनी दिएका थिए । अमेरिकाको यो कदमको विश्वभर आलोचना भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *