गर्भवतीको पेट चिरेर छोरीको उद्धार, त्यही दिन पिताको मृत्यु, ५ दिनपछि आफू पनि रहिनन्

डिसी नेपाल
४ वैशाख २०७७ १३:३२

काठमाडौं। गर्भवती अवस्थामा कोरोनाभाइरस संक्रमित भएपछि अस्पताल भर्ना भएकी एक नर्सले अस्पताल भर्ना भएकै दिन छोरी जन्माइन् । आमालाई बचाउन सकिने सम्भावना कम देखिएपछि डाक्टरले भर्ना भएकै दिन उनको पेट चिरेर छोरीको उद्धार गरेका थिए । छोरी जन्माएको ५ दिनपछि उनको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो । ती नर्सले केही दिन अघिमात्र कोरोनाभाइरसकै कारण आफ्ना पिता पनि गुमाएकी थिइन् ।

द सनका अनुसार बेलायतकी २८ वर्षकी यी नर्स ५ अप्रिलमा कोरोना संक्रमित भेटिएकी थिइन् । संक्रमण पोजेटिभ देखिएपछि उनलाई ७ अप्रिलमा उनी आफैंले काम गर्ने ल्युटन एण्ड डन्स्टेबल हस्पिटलमा भर्ना गरिएको थियो । गर्भवती उनलाई बचाउन कठिन हुन सक्ने देखिएपछि डाक्टरले सोही दिन सिजेरियन डेलिभरी गरेर छोरीलाई बचाएकी थिइन् । ५ दिनपछि १२ अप्रिलमा नर्सको मृत्यु भएको थियो ।

२८ वर्षकी मेरी अग्यापोङकी भर्खर जन्मिएकी छोरीको नाम पनि मेरी नै राखिएको छ । मेरीका पिताको त्यही दिन अप्रिल ७ मै मृत्यु भएको थियो जुन दिन मेरी अस्पताल भर्ना भएकी थिइन् र त्यही दिन छोरी मेरीको जन्म भएको थियो । मेरीका २ वर्षका छोरा पनि छन् । उनकी भर्खर जन्मिएकी छोरी संक्रमित छन् कि छैनन् भन्ने खुलासा भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *