भारतले एकतर्फी नाका बन्द गर्दा मेची भन्सार ठप्प
काठमाडौं। भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाल भारत सीमा नाका थप कडाइ गर्ने क्रममा मेची भन्सार एकतर्फी रुपमा बन्द भएको छ।
भारतको केन्द्र सरकार र प्रदेश सरकार बीचको असहमतिको कारण प्रदेश सरकारले नेपाल तर्फको नाका बन्द गराउदा मेची भन्सार कार्यालयबाट कुनै पनि मालवाहक सवारी साधान नेपाल आएका छैनन्।
भारतको केन्द्र सरकारको नीतिविपरित पश्चिम बङ्गाल सरकारले भारतीय नाकाबाट नेपाल प्रवेश गर्ने सबै सवारी साधनलाई गत चैत २६ गतेदेखि बन्द गरिदिएको थियो। पश्चिम बङ्गाल सरकारले नेपालतर्फ मात्रै नभएर बंगलादेश र भुटानका नाकाहरु पनि सिल गरेको छ।
नेपालको सुतियापोखरी र पानीट्याङ्की भन्सार कार्यालयका साथै बंगलादेशतर्फको फूलबारी नाका र भुटानतर्फ जाने सबै नाका बन्द गरेको छ।
यो विषयमा मेची भन्सार कार्यालयले भन्सार विभाग, भारतस्थित नेपाली दूतावास र भारत सरकारलाई समेत जानकारी गराइसकेको छ।
भारतले अत्यावश्यक सामानहरु पठाउनेभनिएपनि मेची भन्सारबाट विगत एकसातादेखि कुनै पनि सवारी साधान नभित्रिएको स्रोतले जनाएको छ। चैत २६ देखि कुनै पनि मालवाह सवारी साधान नेपाल नछिर्दा सीमावर्ती बजार समस्यामा परेका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment