कोरोनाभाइरसः बेखर्ची महिलासँग घरबेटीको माग – ‘भाडा तिर्न नसके मसँग रात बिताऊ’

डिसी नेपाल
४ वैशाख २०७७ १६:२१

काठमाडौं। कोरोनाभाइरस महामारीका कारण काम गुमाएर आम्दानीको बाटो नभएपछि बेखर्ची भएका महिलाहरुसँग घरबेटीहरुले पैसाको विकल्पमा सेक्सको माग गर्न थालेको पीडित महिलाहरुले गुनासो गरेका छन् । महामारीका कारण विश्वभरीका करोडौं मानिसहरु घरभित्रै बस्न बाध्य भएका छन् । लाखौंले रोजगारी गुमाएका छन् र बेखर्ची भएर बस्नुपरेको छ ।

यही मौका पारेर केही घरधनीहरुले काम नभएका कारण आर्थिक अभावमा परेका महिलाको फाइदा उठाउन थालेका खबरहरु अन्तर्राष्ट्रिय संचारमाध्यमबाट बाहिरिएका छन् । अमेरिकी अध्यागमन अधिकारी केभिन ब्लकका अनुसार केही घरधनहिरुले भाडाको वैकल्पिक सम्झौताको बारेमा कुरा गर्छन र केहीले त अश्लील यौनिक तस्वीरहरु समेत पठाउने गरेका छन् । ‘म यस विषयमा चिन्तित छु किनकि बाहिरिएका यी घटनाले अझै धेरै सार्वजनिक नभएका घटनाहरु भएकोतर्फ संकेत गरेका छन्’ उनले अमेरिकी मिडिया सिएनएनसँग भने ।

हवाइ स्टेट कमिशनका एक्जिक्युटिभ डाइरेक्टर खारा जाबोला क्यारोलसका अनुसार यस्तो यौनजन्य शोषणले महिलाको जीवन झनै कष्टप्रद बनाइरहेका छन् । ‘शारीरिक र यौनिक हिंसा, आफूले सुरक्षित सम्झेर बसिरहेको निवास, एक्कासी आयस्रोत गुमेको अवस्था र प्रणालीगत रुपमै कायम रहेको लैंगिक विभेदका बीचमा कुनै पनि अर्को योजना तयार हुँदैन’ उनले भनिन् ।

गएको फेब्रुअरीमा केही भाडामा बस्नेहरु घरबेटीसँग रात बिताएका घटनाहरु सार्वजनिक भएका थिए जतिबेला महामारीको बीचमा ‘सेक्स फर रेन्ट’ संस्कार विकसित भएको थियो । शेल्टर स्कटल्याण्डले केही अगाडि गरेको राष्ट्रिय सर्वेक्षणमा १ लाख २० हजार महिलाले आफूसामु यस प्रकारको प्रस्ताव आएको बताएका थिए । होमलेस च्यारिटी शेल्टर स्कटल्याण्डका मार्क थम्पसनले भने ‘यसरी सार्वजनिक नभएका घटनाहरु ठूलो परिमाणमा छन् र यो बढ्दो छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *