विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोनाभाइरसले विनाश गर्ने खतरा

डिसी नेपाल
५ वैशाख २०७७ ९:०८

ढाका। विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविर कुटुपलोंग क्याम्प कोरोनाभाइरसको ठूलो जोखिममा परेको छ । बंगलादेशको कक्स बजारमा रहेको यो शरणार्थी शिविरमा कोरोनाभाइरसले ठूलो विनाश गर्न सक्ने विशेषज्ञले चेतावनी दिएका छन् । यो शिविरमा करिब १० लाख रोहिंग्या मुसलमान शरणार्थीहरु बस्छन् जो म्यानमारबाट धपाइएपछि यहाँ शरण लिएर बसिरहेका छन् । यी शरणार्थीहरुमा कोरोनाभाइरसबारे जानकारीको कर्मी र चरम गरिबीका कारण भाइरससँग लड्नु निकै चुनौतीपूर्ण हुने विशेषज्ञले चेतावनी दिएका छन् ।

बंगलादेशको दक्षिण पश्चिम समुद्र किनारमा म्यानमारको सीमा नजिकै बसेको यो शरणार्थी शिविरमा अधिकांश रोहिंग्या मुसलमानहरु छन् । कोरोनाभाइरसको जोखिम न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय रुपमा २ जना व्यक्तिबीच कम्तीमा २ मिटर (६ फट) दूरी कायम गर्ने गाइडलाइन जारी गरिएको छ तर यो शिविरमा बस्ने रोहिंग्याको लागि यो सम्भव देखिँदैन । यहाँ सानो क्षेत्रमा ठूलो संख्यामा शरणार्थी बस्छन् र उनीहरुलाई दैनिक गुजारा चलाउनको लागि काममा जानैपर्ने बाध्यता छ, अन्यथा उनहिरु भाइरसका कारणले नभए भोकमरीका कारणले ज्यान गुमाउन बाध्य हुनेछन् । यहाँ बनेका झुपडीहरु बढीमा १० वर्ग मिटर क्षेत्रफलका छन् जसभित्र कम्तीमा १२ जना मानिसहरु एकसाथ बस्छन् ।

सहायता कार्यकर्ताहरु भन्छन् ‘एउटा झुपडीदेखि अर्को झुपडीको दूरी यत्तिबाट अनुमान लगाउन सकिन्छ कि एउटा झुपडीभित्र बसेर अर्को झुपडीमा बसेका व्यक्तिले सास फेरेको आवाज सुन्न सकिन्छ ।’ बंगलादेशका प्रमुख डाक्टर पल ब्रोकम्यानका अनुसार यी शिविरमा सामाजिक दूरी लगभग असम्भव छ । समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै ब्रोकम्यानले भने ‘यहाँ चुनौतीको मात्र अत्यन्तै बढी छ । रोहिंग्याको आवादीलाई कोरोनाभाइरसबाट निकै ठूलो खतरा छ ।’ अहिलेसम्म बंगलादेशले दिएको आधिकारिक सूचना अनुसार यहाँ १५७२ जना संक्रमित भएकोमा ६० जनाको मृत्यु भएको छ ।

रोहिंग्या समुदायका नेता मोहम्मद जुबेरले भने ‘हामी धेरै चिन्तित छौं । यदि भाइरस यहाँसम्म आयो भने यो जंगलको आगोजस्तै फैलिनेछ । कैयौं सहायता कर्मचारी र स्थानीय सामुदायिक कार्यकर्ता हरेक दिन शिविरमा प्रवेश गर्छन् । केही प्रवासी रोहिंग्या पनि हालै बाहिरबाट फर्केका छन् । उनीहरुको माध्यमबाट पनि कोरोना आउन सक्छ ।’ यो शिविरमा इन्टरनेट बन्द छ । यही कारण उनीहरुलाई भाइरसबारे धेरै जानकारी नभएको अर्का समुदायका नेता सईद उल्लाहले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *