कोरोनाभाइरसबारे झुटो खबर लाइक, कमेन्ट वा शेयर गर्नेलाई फेसबुकको चेतावनी

डिसी नेपाल
५ वैशाख २०७७ १४:०७

काठमाडौं। कोरोनाभाइरसको महामारीले विश्वलाई आतंकित बनाइरहेका बेला सामाजिक संजालमा यसबारे गलत हल्ला फैलाउनेहरुका कारण त्रास अझै बढिरहेको छ । यही बीचमा सामाजिक संजाल फेसबुकले यस्ता झुटा खबरहरुका विषयमा अन्तरक्रिया गर्नेहरुलाई चेतावनी दिने भएको छ । यस्ता खबरहरु लाइक, कमेन्ट, शेयर गरेका प्रयोगकर्तालाई फेसबुकले यसबारे सचेत गराउँदै एउटा सन्देश पठाउनेछ ।

यो नयाँ सन्देश कोरोनाभाइरस सम्बन्धी झुटो खबरमा क्लिक गर्ने, रिएक्ट गर्ने, कमेन्ट गर्ने पा शेयर गर्ने प्रयोगकर्तालाई पठाइनेछ । यसअघि फेसबुक मोडरेटरहरुले त्यो झुटो सन्देश टाइमलाइनबाटै हटाउनेछन् । यो अलर्टले प्रयोगकर्तालाई विश्व स्वास्थ्य संगठनको वेबसाइटमा रिडाइरेक्ट गर्नेछ जहाँ कोरोनाभाइरसबारे फैलिएका भ्रम र यथार्थबारे जानकारी राखिएको हुनेछ । फेसबुकसहित गुगल, ट्वीटर लगायतका साइटले पनि गलत सूचना फैलिन नदिन विभिन्न कडाइका उपायहरु अपनाइरहेका छन् ।

यी ठूला प्रविधि कम्पनीहरुले कोरोनाभाइरस प्रकोपका कारण मानव मोडरेटरहरुलाई घरबाटै काम गर्न भनेका छन् र कार्यालयहरु बन्द छन् जसका कारण यी कम्पनीहरुले गलत सूचना नियन्त्रण गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने तयारी गरेका छन् र यसको लागि उनीहरुले विश्व स्वास्थ्य संगठन लगायतका विश्वसनीय स्रोतका सूचनाको प्रयोग गर्नेछन् । ‘यो संकटको समयमा मेरा प्रमु प्राथमिकतामध्येको एक हो – तपाइँले हाम्रा हरेक एकमा सही र आधिकारिक सूचना मात्र देख्न पाउनुस्’ फेसबुकका सीइओ मार्क जुकरबर्गले आफ्नो पेजमा लेखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *